काठमाडौँ। नेपाली चलचित्र ओभर डोजको फस्टलुकमा नै ओभर डोज भएको छ। यही आउने मंसीर १७ गते रिलिज डेट तोकेर फस्टलुक सार्वजनिक गरेको चलचित्र ओभर डोजमा ओभर डोज नै भएको हो ।

ध्रुमपानको सर्कोमा ओभर डोज भएकी नायिकाको मादक फस्टलुक सार्वजनिक भएको चलचित्र ओभरडोजको संपूर्ण छायाँकन अमेरिकामा नै भएको निर्माण युनिटले जनाएको छ।

दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र ओभरडोजमा प्रेम, रोमान्स र एक्सन समेटिएको निर्देशक सुमन पौडेलले वताएका छन्। प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारहरुको अभिनय रहेको छ।
प्रकाशन मिति–२०७८ साल कात्तिक १६ गते मंगलवार ।