काठमाडौ। बलिउड तथा हलिउडमा बलिउड अभिनेत्री प्रियंका चोपडाको गरमा–गर्मी बेडसिन तथा टङकिस दिएर तहल्का मच्चाइरहेको बर्तमान अवस्थामा कलिउडकी नेपाली अभिनेत्री प्रियंका कार्की पनि त्यो भन्दा कम बनेकी छैनन्।

प्रियंका चोपडाले जस्तै प्रियंका कार्कीले पनि तहल्का मच्चाउने कार्य भएको छ। त्यो तहल्का मच्चाउने कार्य नेपाली चलचित्र कथा काठमाण्डुमा गरेरै छाडे्की छन्। केही दिनअघि मात्र रिलिज भएको चलचित्र कथा काठमाण्डुको एक रोमान्टिक गीतमा प्रियंका कार्कीले गरमा–गरर्मी तहल्का सिन गरेर धुम मच्चाउने कार्य गरेकी छन्।

 ‘रातको कुरा’ बोलको गीतमा प्रियंका कार्कीले मादक अभिनय गरेर तहल्का मच्चाएकी हुन्। गायिका इन्दिरा जोशीको गायन रहेको यस भिडियोमा इन्दिरालाई पनि देख्न सकिन्छ। गीतमा प्रदिप बाँस्तोलाको शब्द तथा संगीत छ। यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरिलाई देखाइएको छ।

गीतको भिडियोमा प्रमोद र प्रियंका निकै हट देखिएका छन्। दुईको अन्तरंग बेडसिनलाई कलात्मक ढंगवाट प्रस्तुत गरिएको छ। जुन स्वभाविक दृश्य मानिएको छ। यस गीतको कोरियोग्राफी चलचित्र कथा काठमाण्डुकी निर्देशक संगीता श्रेष्ठले नै गरेकी हुन्।

विजय राइको निर्माता रहेको यो चलचित्रमा लु:ज: सिंहको छायांकन छ। चलचित्रमा प्रियंका कार्की र प्रमोद अग्रहरिको साथमा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका रहेको छ। यो गीतको बोलले चलचित्रको कथा बोलेको निर्देशक श्रेष्ठको भनाई रहेको छ।

गायिका इन्दिरा जोशीको गायन रहेको यस भिडियोमा इन्दिरालाई पनि देख्न सकिन्छ

प्रकाशन मिति–२०७५ साल साउन ६ गते आइतवार ।