काठमाडौं। यो बर्षको डिसेम्वर महिनामा नेपालमा जी सिने अवार्ड हुने भएको छ। त्यस अवार्ड कार्यक्रममा बलिउडका एक से एक हस्तीहरु नेपाल आउने भएका छन्।

काठमाडौमा जी सिने अवार्ड हुने तय भएपछि अवार्डका आयोजकहरु नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेट गरेपछि यस कुराको खुलासा भएको हो।

जी सिने अवार्डका आधिकारिक आयोजक जी इन्टरटेनमेन्ट इन्टरप्राइजजका अध्यक्ष सुवास चन्द्रासहितको टोलीले  प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार भेटेका हुन्।

प्रधानमन्त्री ओलीलाई भेटेर डिसेम्वरमा जी सिने अवार्ड समारोहको आयोजना काठमाडौं  गर्न लागेको जानकारी गराएका हुन्। भेटमा सुभाष चन्द्रले हरेक वर्ष नेपाली फिल्मका लागि समेत एक अवार्डको व्यवस्था गरिने घोषणासमेत गरेका छन्।

प्रकाशन मिति–२०७५ साल साउन ७ गते सोमवार ।