काठमाडौ। पछिल्लो समय सुन्ने गीतको भन्दा पनि हेर्ने गीतको मागमा बृद्धि हुन थालेको छ।

यसक्रममा युवा गायक हरिदत्त फुलाराको एक गीतको भिडियो पनि रिलिज भएको छ। जुन गीतको बोल नै ‘रङ्गमञ्च भो मेरो जीवन……’ रहेको छ।

यस गीतको भिडियोलाई व्हाइट पिगन मिडियाले युट्युव मार्फत सार्वजनिक गरेको छ। भिडियोका निर्माता राजकुमार महर्जन हुन्।

मित्र के.सी.को शब्द, एकान्त मगरको छायाँङ्न, मिना लामाको निर्देशन रहेको छ । गीतमा अनमोल पन्त, सुमन ढकाल, मिना लामा, संगीता शाह, राजेश श्रेष्ठको अभिनय रहेको छ।


प्रकाशन मिति–२०७५ साल साउन १० गते विहीवार ।