काठमाडौ। प्रसिद्ध फोटोग्राफर च्याङ्बा लामा असाधारण फोटोग्राफर बनेका छन्। च्याङ्बाको फोटोग्राफीमा गजबको प्राकृतिक ग्ल्यामर पाइएको छ। आम फोटोग्राफरहरुले खिचेका फोटोमा धेरै नै फोटोसपका कमाल पाइन्छ भने, च्याङ्बाको फोटोग्राफीमा नेचुरल व्युटी पाइन्छ।

फोटोसप चलाउने कार्य च्याङ्बावाट भएको देखिदैन्। जस्तो खिचियो। त्यस्तै, प्रस्तुत गर्ने बेग्लै फोटोग्राफीको कलाको कारण च्याङ्बासंग फोटोग्राफी गर्नेहरुको लर्को लाग्ने गरेको छ। क्यामेराका हरेक कोणवाटै गजबको कलाकारिता देखाउन सक्ने खुवी भएकै कारण च्याङ्बाको फोटोग्राफीमा असाधारणता आएको हो।

फोटोसपका कुनै रंग नछर्किकन पनि क्यामेराकै कमालवाट रंग भर्ने बेग्लै खुवी च्याङ्बामा पाइन्छ। च्याङ्बाले खिचेका पुरानी अभिनेत्री शर्मिला श्रेष्ठ देखि गायिका पूजा सुनुवार, सुनिता दुलाल, उमा श्रेष्ठ तथा नयाँ पुस्ताकी मोडल सन्ध्या सानुसम्मका फोटाहरु त्यतिकै चित्ताकर्षक देखिन्छन्।

ती फोटोहरुको चमक नै अनौठो पाइन्छ। मज्जाले नेचुरल ग्ल्यामर दिने खुवी भएका च्याङ्बा छाडा फोटो खिच्न चाहदैनन्। सुन्दरता छाडामा हैन, नेचुरलता हुने जिकिर च्याङ्बाको रहेको छ। सीबी माउण्ट एण्ड फोटो फ्रेमिङ कंपनीका प्रोप्राइटर समेत रहेका च्याङ्बाको फोटोग्राफी जस्तै फोटो फ्रेमिङ पनि अत्यन्त आकर्षक मानिन्छ।

सीबी माउण्ट एण्ड फोटो फ्रेमिङवाट उत्पादित फ्रेमहरुमा आफ्ना कलात्मक फोटो सजाउन चाहनेहरुको कुनै कमी छैन्। हरेक सभा–समारोह तथा विवाह–उत्सवका फोटोका लागि पनि हिजोआज सीवी माउण्ट एण्ड फोटो फ्रेमिङकै फ्रेमहरुको माग हुने गरेको छ।

एकातिर फोटोग्राफी र अर्कोतिर फ्रेमको संगमको खुविलिटीले यतिखेर च्याङ्बाको पहिचान अनुपम बन्न पुगेको छ। जसको फोटोग्राफी र फ्रेमिङ यतिखेर टक अफ टाउन नै बनेको छ।

प्रकाशन मिति–२०७५ साल साउन १२ गते शनिवार ।