Mr. Chudamani Sharma
Mr. Chudamani Sharma

काठमाडौ। नेपालमा कर निर्धारण विषयमा भ्रष्टाचार गरेको अभियोगमा कर कार्यालयकै बडाहाकिम पक्राउमा परेका छन्। खवर अनुसार, कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको छ।

लाजिम्पाटस्थित आन्तरिक राजश्व विभाग कार्यालय परिसरबाटै शुक्रबार दिउँसो साढे १२ बजे अख्तियारको टोलीले शर्मालाई पक्राउ गरेको हो। एनसेलको कर प्रकरण संलग्न भएको, अकुत सम्पत्ति कमाएको र कर फरछौंट आयोगमा ब्यापारीलाई अर्बौै रकम छुट दिएको आरोप उनीमाथि लागेको छ।

राससका अनुसार, शर्मालाई आयोगले हिरासतमा राखिएको छ। थप अनुसन्धानपछिमात्रै सबै विवरण सार्वजनिक गरिने भएको छ। करका प्रमुखलाई नै पक्राउ गरेको यो पहिलो घटना हुन पुगेको छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ १९ गते शुक्रबार ।