karishma-manandharकाठमाडौ। नेपालकी सदावहार सुन्दरी अभिनेत्री करिश्मा मान्नधर, सञ्चारकर्मी शान्तिप्रिय र डिजाइनर सुन्दर श्रेष्ठ हरितारा चलचित्र पुरस्कारबाट सम्मानित हुने भएका छन्।

Vetran Desingner of Nepal- Mr. Sundar Shrestha
Vetran Desingner of Nepal- Mr. Sundar Shrestha

 

Vetran Film Journalist of Nepal- Mr. Shanti Priya
Vetran Film Journalist of Nepal- Mr. Shanti Priya

हरितारा चलचित्र पुरस्कार निर्णायक समितिको सोमबारको बैठकले २०७१ सालको पुरस्कार करिश्मालाई र २०७२ को पुरस्कार शान्तिप्रिय र सुन्दरलाई प्रदान गर्ने निर्णय गरेको पुरस्कार समितिका सदस्यसचिव मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Vetran Film Director of Nepal-Mr. Subash Gajurel
Vetran Film Director of Nepal-Mr. Subash Gajurel

अढाइ दशकदेखि फिल्म अभिनयमा सक्रिय करिश्मालाई उनको योगदानको कदरस्वरूप पुरस्कृत गर्न लागिएको हो । त्यसैगरी चलचित्र पत्रकारिता र अवार्ड आयोजनाको क्षेत्रमा शान्तिप्रिय र डिजाइनिङको क्षेत्रमा सुन्दर श्रेष्ठले पु(याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

जनही २५ हजार रुपैयाँ नगदको पुरस्कार २०५२ मा समाजसेवी विजय राणाले स्थापना गरेका हुन्। यसपालिको पुरस्कार मंसिर दोस्रो साता राजधानीमा विशेष कार्यक्रम गरी प्रदान गरिनेछ।

साथै सोही कार्यक्रममा यसै वर्ष स्थापना गरिएको नगद १० हजार राशिको श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार पनि प्रदान गरिनेछ। यसपालिको पुरस्कार विगत तीन दशकदेखि अभिनयमा निरन्तर रहेका अभिनेता, निर्देशक सुभाष गजुरेललाई प्रदान गरिने आयोजक परिवर्तन नेपालले जनाएको छ।

प्रकाशन मिति–२०७३ साल कात्तिक ६ गते शनिवार ।