काठमाडौं। सन् २०१९ को मिस युनिभर्सको ताज अफ्रिकी युवतीले जितेकी छन्। आइतबार सम्पन्न प्रतियोगिताको फिनालेमा जोजिबीनी तुन्जीले ९० जना प्रतिस्पर्धीलाई पछि पारेर उक्त ताज जितेकी हुन्।
महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीय जोजिबीनी तुन्जीले मिस युनिभर्सको ताज जितेकी थिइन्।

एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित भव्य प्रतियोगितामा उनलाई फिलिपिन्सकी क्याट्रिओना ग्रेले तुन्जीलाई युनिभर्सको ताज लगाइ दिएकी थिइन्। सन् २०१८ मा ग्रेले मिस युनिभर्सको ताज जितेकी थिइन्।

पुएर्टो रिको र मेक्सिकोका सुन्दरी पनि फाइनलमा पुगेका थिए । तर तुन्जी दिएको शसक्त प्रस्तुतिलाई जजले ताज पहिराउन निर्णायक मानिदिए। उनले युवा युवतीलाई आत्मविश्वास महसुस गर्न सशक्त बनाउने अभिव्यक्ति दिएकी थिइन।

उनले आफ्नो भनाइ राख्ने क्रममा भनेकी थिएन–‘म यस्तो संसारमा हुर्केँ जहाँ मेरो जस्तो छाला र कपालको बनावट भएकी महिलालाई कहिल्यै सुन्दर मानिँदैन। मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ।’

(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल मंसिर २५ गते बुधवार ।