काठमाडौं। नेपाली कांग्रेसका सक्रिय नेता शैलेश शाक्य लगंबरेजुको पछिल्लो गीतको भिडियो छायाँकन संपन्न भएको छ। कीर्तिपुरको चिलन्चो विहारमा शुभमुहर्त भएर कीर्तिपुरकै विभिन्न ऐतिहासिक स्थानहरुमा छायाँकन संपन्न भएको हो।

संविधानसभाको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रका नेता तथा बर्तमान नेकपाका अध्यक्ष प्रचण्डलाई काठमाडौंको क्षेत्र नंबर १० वाट हराउने नायक एवम् वर्तमान वहालवाला संघीय सांसद राजन केसीको प्रमुख आतिथ्यतामा राष्ट्रियताले ओतप्रोत भएको नेता लगंबरेजुको भिन्तुना भिन्तुना नेपाः माँयात भिन्तुना बोलको गीतको भिडियोको छायाँकन संपन्न भएको हो।

भूपेन्द्र बज्राचार्य तथा लसता जोशीको युगल गायन तथा भूपेन्द्र बज्राचार्यकै संगीत रहेको लगंबरेजुको गीतको राष्ट्रवादी भिडियोमा ताराराम प्रधान, रश्मी महर्जन लगायतका कलाकारहरुको अनुपम अभिनय रहेको छ। एकातिर राजनीतिको चटारो तथा अर्कोतिर गीत लेखनको हतारोमा रमेका नेता लगंबरेजुले राजनीति र संगीतलाई समानान्तर रुपमा लाने प्रतिबद्धता अनुरुप नै आफूले कार्य गर्दैआएको भिजन संसार डटकमलाई वताएका छन्।


प्रकाशन मिति–२०७७ साल मंसीर २२ गते सोमवार ।