काठमाडौं। लिच्छवी कालिन सभ्यता वोकेको प्राचिन आलमपुर नगर हाल कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ स्थित आलापोट रहेको छ। आलमपुरवाट नै आलापोट भएको भन्ने स्थानीय जनधारणा रहेको छ।

काठमाडौं जिल्लामा रहेको यिनै कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोटका वडा अध्यक्ष तथा वडा सचिवको नाम एउटै छ। जननिर्वाचित लोकप्रिय वडा अध्यक्ष सुदर्शन धिमाल र स्थानीय सरकारी कर्मचारी वडा सचिव सुदर्शन फुयाँल दुवैको नाम एक भएको कारण धेरैले दुवैलाई मितज्यू भन्ने गरेको छ। आफूहरुलाई मितज्यू भन्ने गरेतापनि आफूहरु साथीे र जनताको सेवक भन्न वडा अध्यक्ष सुदर्शन धिमाल भन्न रुचाउंछन्।

वडा सचिव सुदर्शन फुयाँल पनि वडा अध्यक्ष सुदर्शन धिमालको कुरामा सहमत जनाउंदै आफूहरु जनताको सेवक भन्न रुचाउंछन्। कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोटका स्थानीय जनताहरुका समस्या तथा विकास निर्माणका कार्य आफूहरु होस्टेमा हैंसे गरिरहेको वडा अध्यक्ष सुदर्शन धिमाल तथा वडा सचिव सुदर्शन फुयाँलले गौरबताकासाथ भनेका छन्।

दुवैको वडामा तालमेल पनि नाम जस्तै गजबले मिलेको स्थानीयले महशुश गर्न पाएको छ। स्थानीयका कुनैपनि समस्यालाई सहज रुपमा समाधान गर्नेदेखि उनीहरुका सहयोगीका रुपमा दुवैले सहयोगी भूमिका निर्वाह गर्दैआएका छन्। त्यसको अलावा विकास निर्माणका कार्यलाई वडा अध्यक्ष सुदर्शन धिमालले पहिलो प्राथमिकता दिएर कार्य गर्दैआएको वताउंदै कागेश्वरी मनोहरा नगरपालिकाको नमूनामय वडा वनाउने कार्यमा आफू अहोरात्र लागिरहेको वताएका छन्।

साविकको आलापोट गाविस हुंदादेखि कार्यरत रहेको कारण वडा सचिव सुदर्शन फुयाँल स्थानीय जनसमुदाय माझ चिरपरिचित रहेका छन्। स्थानीयका समस्यालाई सकभर कुनैपनि प्रशासनिक झमेला नहोस भनेर सावधानीपूर्वक आफूहरुले कार्य गर्दैआएको वताउंछन्।

आलापोटको समस्याका रुपमा तत्कालका लागि हाललाई देखिएको सडक पिच, ढल निकासको उचित व्यवस्थापन नै हो। यस समस्यालाई पनि चाँडै समाधान गर्ने कार्यमा अहोरात्र लागिरहेको पनि वडा अध्यक्ष सुदर्शन धिमालले भनेका छन्।
प्रकाशन मिति–२०७७ साल चैत्र १३ गते शुक्रवार ।