काठमाडौँ । नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर महानगरपालिकाका कर्मचारीहरुवाट सम्मानित बनेका छन्। महानगरको विशेष अधिवेसन बोलाएर कर्मचारीको समायोजन गर्ने ऐन जारी गरेको र यसै ऐनबमोजिम साविक व्यवस्थाबमोजिम महानगरको सेवामा प्रवेश गरेका कर्मंचारीको व्यवस्थापनमा राजनीतिक र प्रशासनिक नेतृत्वमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ सम्मानित वनेका हुन।

मेयर शाक्य र उपमेयर श्रेष्ठका साथमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई पनि महानगर कर्मचारीहरुले सम्मान गरेको छ। । स्थानीय तह कर्मचारी युनियन, नेपाल सफाइ कर्मचारी युनियन, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल महानगर इकाईको संयुक्त आयोजनामा शुक्रवार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सम्मान प्रदान गरिएको हो।

कर्मचारीहरुवाट सम्मानित बनेपछि मेयर शाक्यले नगर सभाबाट स्वीकृत कार्यक्रमहरुलाई कर्मचारीले इमान्दारिताका साथ कार्यान्वयन गरिदिए आफूले जनता समक्ष गरेका प्रतिवद्धता पूरा हुने बताएका छन् । आफूहरुले निर्वाचनको बेला जनतासँग गरेका वाचा कर्मचारीकै सहयोगले पूरा हुने भएको कारण कर्मचारीहरुको सहयोग अत्यन्त आवश्यक भएको मेयर शाक्यले भनेका छन्।

कर्मचारीलाई कामप्रति उत्साहित गराउन समायोजन ऐनमार्फत एक तह बढुवा गरिएको बताउँदै मेयर शाक्यले खुलासा गरेका छन्। त्यस क्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले ऐनमार्फत महानगरका कर्मचारीको समायोजनबाट सबै स्थानीय तहमा सकारात्मक सन्देश गएको जिकिर गरेकी छन्।

महानगरले फागुन ४ गते जारी गरेको ‘काठमाडौँ महानगरका कर्मचारी समायोजन ऐन’ संघीय शासन व्यवस्थाको कार्यान्वयनबाट काठमाडौं महानगरपालिकामा कार्यरत १ हजार ५५१ जना स्थायी कर्मचारीको १ तह बढुवा भएको छ। जसवाट काठमाडौं महानगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरुको उत्साह तथा आत्मविश्वासमा अझ बृद्धि भएको महशुश सवै कर्मचारीले गरेका छन्। यसको श्रेय मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतलाई दिएका छन्।

प्रकाशन मिति–२०७७ साल चैत्र १३ गते शुक्रवार ।