काठमाडौं। नेपालको राजदरवार नारायणहिटी राजदरवारमा सिनेमा हेर्ने सुविधासंपन्न हलको नै व्यवस्था भएको खुलासा भएको छ। हाल राजदरवारवाट नारायणहिटी राजदरवार संग्रहालयमा यो हल प्यूठान कोठामा छ।

विसं.२०२६ सालदेखि यो हलमा राजा–रानी तथा राजपरिवारका सदस्यहरु एकसाथ बसेर हेर्ने गरेको खुलासा तत्कालिन राजदरबारका बैदार तथा हालका शाखा अधिकृत बुद्धि गुरुङले कान्तिपुर दैनिकको अनलाइन संस्करण मार्फत खुलासा गरेका हुन।

प्रत्येक महिनाको अन्तिम शुक्रवार राजदरवारका सवै राजपरिवार एकसाथ बसेर काठमाडौंका हलहरुमा चलिरहेका नेपाली तथा हिन्दी फिल्म हेर्ने गरेको जानकारी अधिकृत गुरुङले दिएका छन्। अधिकृति गुरुङका अनुसार, प्यूठान कोठामा रहेको विगत १७ बर्षदेखि बन्द यो हललाई खुलाउने भएको छ। जसमा बसेर अव सर्वसाधारणले फिल्म हेर्न पाउने छन्।

स्वर्गवासी राजा वीरेन्द्रले २०५८ सालअघि प्रदर्शनमा आएका अधिकांश नेपाली फिल्म यसै प्यूठान हलमा बसेर हेरेका थिए। शाखा अधिकृत गुरुङले राजा वीरेन्द्रसँग २०५७ मा नेपाली चलचित्र भानुभक्त अन्तिम पल्ट हेरेको संझना छ भने, अन्तिमपटक राजा ज्ञानेन्द्रसँग स्पाइडरम्यानु र देवदासु हेरेका संझना छ।

प्रकाशन मिति–२०७७ साल चैत्र १२ गते शुक्रवार ।