काठमाडौं। काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो तुवाँलो अझै हट्न सकेको छैन्। शुक्रवारवाट काठमाडौं उपत्यकाको आकाशमा तुवाँलोले ढाकेको अझै हट्न नसकेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचलेका कारण त्यसैबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको छ।

स्थिर रहेको वायुमण्डल आगामी दुई–तीन दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् विभूति पोखरेलको भनाई छ । उनका अनुसार पछिल्लो समय अधिकांश जिल्लामा डढेलो लागिरहेको, लामो समय पानी नपरेको र हावा नचलेका कारण वायुप्रदूषण बढेको हो । प्रदूषित वायुमण्डल सफा हुन कि त वर्षा हुनुपर्छ वा हावा चल्नुपर्छ अहिले त्यो भएको छैन्।

धेरै किसिमको प्रदूषण मिसिएका कारणले सर्वसाधारणलाई आँखा पोलेको महसुस भएको छ। यसबाट हुने प्रदूषणका कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनुपरे मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।


प्रकाशन मिति–२०७७ साल चैत्र १५ गते आइतवार ।