Shanti Mandala 1काठमाडौ। काठमाडौको तीनकुनेमा रहेको ५२ रोपनी खाली जग्गामा अत्याधुनिक तथा सुविधासंपन्न पार्क निर्माण हुने भएको छ। शान्ति मण्डला नाम दिएर निर्माण गरिन लागेको उक्त पार्क निर्माणका लागि १ अर्ब २३ करोड ४६ लाख ७५ हजार खर्च लाग्ने अनुमानित बजेट प्रतिवेदन सार्वजनिक गरिएको छ।

Shanti Mandala 2राससका अनुसार,काठमाडौं महानगरपालिकाले सोमबार आयोजना गरेको छलफल कार्यक्रममा निर्माणका लागि अनुमानित लागत मूल्यसहित प्रारम्भिक ढाँचा सार्वजनिक गरेको हो। बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिन उक्त पार्कको मध्यभागमा १६ मिटर अग्लो बुद्धको मूर्ति निर्माण गरिने बताइएको छ।

Shanti Mandala 3बुद्धको मूर्तिसम्म पुग्न १२ ओटा प्रवेशकक्ष रहने छन् भने पार्क र बाहिरी भागको बीचमा पानीको फोहोरा रहने छ।महानगरका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले सहरलाई समृद्धितर्फ लैजान महत्वाकांक्षी र बहुवर्षीय योजना अघि सारिएको बताए। करिब ५१ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त पार्कभित्र एकैपटक २०० जना व्यक्तिले योग गर्नसक्ने योगकक्षसमेत निर्माण गरिने बताइएको छ।

https://www.youtube.com/watch?v=XjhpJCCMA98

प्रकाशन मिति–२०७३ साल असार २८ गते मंगलवार ।