काठमाडौ। चीनको उत्तरी र दक्षिणी क्षेत्रमा भीषण वर्षापछिको बाढीमा परी कम्तिमा ७८ जनाको मृत्यु भएको छ। चीनको सिन्ह्वा समाचार एजेन्सीले बाढीमा अझै धेरै मानिस हराइरहेकाले मृतकको संख्या बढ्नसक्ने आशंका गरेको छ। बाढीबाट बढी प्रभावित हेवेइ र हेनान प्रान्तमा हजारौं घर बगाएको छ।

उत्तरी हेबेइ प्रान्तमा ५० हजार घर भत्किएका छन् भने ८ लाख मानिस बाढी प्रभावित भएका छन्। बाढीका कारण चीनभर १६ लाखभन्दा बढी मानिस घरबारविहीन भएका छन्। १ करोड ५० लाख हेक्टरमा लगाइएको बाली नस्ट भएको छ।

China floodयसबाट ३ बिलियन डलरभन्दा बढीको आर्थिक क्षति हुने अनुमान गरिएको छ। चीनका अधिकारीहरुले बाढी प्रभावितहरुलाई खाद्यान्न र बसोबासको व्यवस्था मिलाइएको जनाएका छन्। बाढीका कारण सन्चार र यातायात सेवा अवरुद्ध भएको सिन्ह्वाले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल साउन ८ गते शनिवार ।