kamana-award-6

काठमाडौ। कामना सिने मासिक प्रकाशनको तीन दशक पार गरेको अवसरमा आयोजना हुंदैआएको सिजी कामना फिल्म अवार्ड यो बर्ष पनि हुने भएको छ। आयोजक कामना प्रकाशन तथा सहआयोजक सिजी इन्टरटेन्टमेन्टको संयुक्त आयोजनामा यो बर्षको कामना अवार्ड यही मंसीर १८ गते शनिवारका दिन भव्य तथा सभ्य रुपमा आयोजना हुने जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

kamana-award-5

काठमाडौको भद्रकाली स्थित आर्मी अफिसर्स क्लवमा हुने यो बर्षको कामना अवार्डमा बहुराष्ट्रिय कंपनी युनिलिभिर नेपालको उत्कृष्ट सौन्दय सावुन लक्सको समेत सहकार्य थपिएको छ। यसले गर्दा यो बर्ष कामना अवार्डको नामाँकरण लक्स कामना अवार्डस् २०७३ राखिएको छ।

लक्सको सहभागीतासँगै थप एक नयाँ विधा पनि थपिएको छ। लक्स पपुलर च्वाईस अवार्ड थपिएसँगै दोस्रो संस्करणको यो अवार्डमा यस वर्ष ३२ विधामा अवार्ड प्रदान गरिनेछ। केवल एसएमएस भोटिङका आधारमा लक्स व्युटी स्टार छनौट हुने अवार्डको यो विधामा केकी अधिकारी, नम्रता श्रेष्ठ, सामाज्ञ्रीराज्यलक्ष्मी शाह, प्रियंका कार्की र सृष्टी श्रेष्ठबिच प्रतिस्पर्धा चलिरहेको छ।

यो विधामा सर्वाधिक एसएमएस प्राप्त गर्ने सुन्दरीले नै अवार्ड हासिल गर्नेछिन्। अन्य १८ लोकप्रिय विधामा पनि एसएमएस भोटिङ चलिहरेको छ। ती १८ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन गरिनेछ।

दर्शकहरुले लोकप्रिय १९ विधामा उत्साहका साथ एसएमएस भोटिङ गरिरहेका छन्।
लक्स कामना अवार्डस् २०७३ समग्र फिल्म क्षेत्र र फिल्मकर्मीमा समर्पित हुने अवार्ड आयोजक समितिका निर्देशक तथा कामना न्यूज पब्लिकेसन्स्का अध्यक्ष एवं प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले बताउनुभयो। ‘कामनाको जन्म नै कलाकार, कलाकर्मी र फिल्म क्षेत्रको विकास र विस्तारका लागि भएको हो। नेपाली कलाकार र फिल्म क्षेत्रले पनि मान सम्मान र प्रतिष्ठा हासिल गर्नुपर्छ भन्ने उद्येश्यमा हामी सफल हुँदै आएका छौँ। यही उद्येश्यबाट प्रेरित भएर अवार्डको शुरुवात गरेका हौँ। २०७१ सालबाट शुरु भएको अवार्ड कार्यक्रम पोहोर साल देशमा गएको विनाशकारी भूकम्पका कारण सबैतिर निराशा छाएकाले स्थगित गरियो। अब भने हरेक वर्ष अवार्डलाई निरन्तरता दिनेछौँ’ उहाँको भनाई छ।

kamana-award-1

त्यसै गरी अवार्ड आयोजक समितिका अर्का निर्देशक तथा सिजी इन्टरटेनमेन्टका अध्यक्ष वसन्त चौधरीले कामना फिल्म अवार्डस् एक दिन नेपाली फिल्म क्षेत्रको मानक अवार्ड हुने विश्वास व्यक्त गर्नुभयो। ‘उत्कृष्टता, पारदर्शिता र निष्पक्षताका कारण कामना फिल्म अवार्डस् नेपाली फिल्म क्षेत्रको मानक अवार्ड हुने विश्वास मैले लिएको छु। अवार्डको पहिलो संस्करणबाट पाएको प्रतिक्रियाले पनि यसो हुनेमा म विश्वस्त छु। पहिलो संस्करणको सिजी कामना फिल्म अवार्डस् २०७१ मा मिलेका प्रतिक्रियाबाट दोस्रो संस्करणको अवार्ड आयोजना गर्ने क्रममा हामी अत्यन्त उत्साहित भएका छौँ’ उहाँ भन्नु हुन्छ।

kamana-award-4त्यसै गरी अवार्ड आयोजक समितिका संयोजक तथा कामना न्यूज पब्लिकेसन्स्का प्रवन्ध सम्पादक एवं प्रमूख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले पहिलो अवार्डको अनुभवबाट दोस्रो संस्करणको अवार्डलाई अझ भव्य र सभ्य बनाइने बताए। ‘पहिलो अवार्ड समारोहको अनुभवले दोस्रो संस्करणको अवार्डलाई थप भव्य र शानदार बनाउन सघाएको छ। त्यसको प्रत्यक्ष महशुष अवार्ड समारोहमा हुनेछ। यस वर्षको अवार्ड समारोहमा केही सरप्राइज प्याकेज पनि हुने भएकाले समयमा नपुग्नेहरु पछुताउँछन् भन्ने मलाई लाग्छ’ उहाँले भन्नुभयो।

kamana-award-2

समितिका सदस्य तथा ख्यातिप्राप्त अभिनेता एवं रंगकर्मी हरिहर शर्माले लक्स कामना फिल्म अवार्डस् २०७३ मा फिल्म र फिल्मकर्मीका साथमा दर्शक मतको समेत सम्मान हुने बताए भने समितिका सदस्य तथा कामनाका सम्पादक विदुर गिरीले अवार्ड सिनेकर्मीका लागि दशैं सावित हुने विश्वास व्यक्त गर्नुभयो।

kamana-award-3लक्स कामना अवार्डस् २०७३ मा चलचित्र नाईं नभन्नु ल ४ सर्वाधिक धेरै २१ विधाको मनोनयनमा परेको छ। त्यसै गरी चलचित्र प्रेम गीत १९, क्लासिक १७, ड्रिम्स १६, वडा नम्बर छ १४ र पशुपतिप्रसाद १२ विधाको मनोनयनमा परेको छ।  सम्मान चलचित्रको उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रुपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ।

त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ। संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ।
प्रकाशन मिति–२०७३ साल मंसीर ३ गते शुक्रबार ।