Surya Thulung ko samman 2काठमाडौ। नेपालका कालजयी गीतका सदावहार बरिष्ठ गायक एवम् संगीतकार सूर्य थुलुङ्ग इलाममा सम्मानित बनेका छन्।

गायक थुलुङ्गको जन्मस्थान इलामको श्रीअन्तु स्थित श्री मेची विद्यालयको ६१ औ बार्षिक उत्सवको अवसरमा गायक थुलुङ्गलाई नेपाली गीत–संगीतको माध्यमव्दारा नेपाल र नेपालीको गौरबता बढाउन सर्वोत्कृष्ट योगदान दिएवापत उक्त सम्मान दिएको विद्यालयले जनाएको छ।

Surya Thulung ko samman 1कुनैबेला श्री मेची विद्यालयको विद्यार्थी समेत रहेका गायक थुलुङ्गका साथमा अर्का बरिष्ठ गायक एवम् संगीतकार मानसिङ्ग थुलुङ्ग र बरिष्ठ गायक कुवेर राईलाई पनि सम्मान गरिएको थियो। नातामा मानसिङ्ग थुलुङ्ग र कुवेर राई सम्मानित गायक सूर्य थुलुङ्गका काकाहरु हुन्।

काकाहरुका साथमा भतिज हुनुको नाताले एकसाथ सम्मान पाउंदा अत्यन्त खुशी लागेको गायक थुलुङ्गले प्रतिक्रिया दिएका छन्। सम्मान कार्यक्रममा सम्मानित गायक सूर्य थुलुङ्गले विद्यालयका बालबालिकाहरुको लागि खेलकुदको सामाग्री पनि प्रदान गरेका थिए।

कार्यक्रममा गायक थुलुङ्गले आफ्नो कालजयी दुई गीत यो नेपाली ठिटो र मेरो मन दुख्छ हजुर बोलका दुई गीत लाइभ गाएका थिए। ती दुई गीत मध्येको एक गीत मेरो मन दुख्छ हजुरको रचयिता राष्ट्रकवि माधव घिमिरे हुन्। त्यस गीतका संगीतकार गायक स्वयं नै हुन्।

प्रकाशन मिति–२०७३ साल फागुन २२ गते आइतवार ।