काठमाडौं। काठमाडो फोटोग्राफर संघको आयोजनामा हुन गैरहेको केपीए वेडिङ फोटो अवार्डको छैठौ संस्करणका प्रमोसनल क्याम्पियन शुरु भएको छ। काठमाडौको गोंगबु मित्रनगर स्थित फोटो काठमाडौको फ्रेम उद्योग परिसरमा मंगलवार भएको हो।

टोखा नगरपालिका, बसुन्धरा धापासी, बुढानिलकण्ठ, सामाखुशी, नेपालटार, बानियाँटार, गोंगबु तथा नयाँ बसपार्क एरियाका फोटोग्राफरहरुले उत्साहजनक रुपमा क्याम्पियनमा भाग लिएको जानकारी ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामाले भिजन संसार डटकमलाई बताएका छन्।

यही भदौ २३ गते शनिवार साँझ ५ बजेसम्म विवाह उत्सवमा खिचिएका भावपूर्ण फोटोहरु पठाउन प्रेरित गर्न फोटोग्राफरहरुलाई यसप्रकारको क्याम्पियनको आयोजना गरेको हो। त्यस अवधिभर प्राप्त भएका विवाह उत्सवका फोटोहरु वीचको प्रतियोगिता हुने काठमाडौं फोटोग्राफर संघका अध्यक्ष भवदेव थापाले बताएका छन्।

यस प्रतियोगिताको नतिजा तथा पुरस्कार यही आउने असोज १ गते सोमवार काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने भव्य तथा सभ्य कार्यक्रममा घोषणा हुने जानकारी कार्यक्रम संयोजक जीवन काफ्लेले बताएका छन्।

त्यसैगरेर, भदौ १३ गते बुधवार गोंगबुमा जस्तै भक्तपुरको सूर्यविनायक गणेश मन्दिर जाने बाटो सूर्यविनायक स्थित थापा पार्टी प्यालेसमा भक्तपुर एरियाका फोटोग्राफरहरुका लागि क्याम्पियन राखिएको आयोजक काठमाडौ फोटोग्राफर संघले जनाएको छ। क्याम्पियन कार्यक्रम विहान ११ः३० बजेवाट हुने भएको छ। 

प्रकाशन मिति–२०७५ साल भदौ १२ गते मंगलवार ।