काठमाडौ। इभेन्ट म्यानेजमेन्टमा अग्रणी संस्था मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टकी कार्यकारी निर्देशक मोहना क्षेत्रीको व्यवस्थापनमा फरक क्षमतावानहरुको बेग्लै कार्यक्रम हुने भएको छ।

यही आउने शनिवार सेप्टेम्बर १ तारिखका दिन काठमाडौको कालिकास्थान स्थित अमृतभोगमा हामी सक्छौ (YES We Can)भन्ने कार्यक्रम हुने भएको हो।

लायन्स क्लब अफ काठमाडौं समर्पित तथा उपकार सेवा नेपालको संयुक्त आयोजना हनु गैरहेको कार्यक्रमको कोरियोग्राफी बिपासना खनालको हुने भएको छ।

फरक शैलीमा फरक क्षमतावान प्रतिभाहरुको अभूतपूर्व प्रतिभा प्रदर्शन हुने भएको कारण कार्यक्रम बेजोड नै बन्ने मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टकी कार्यकारी निर्देशक मोहना क्षेत्रीको दावी रहेको छ।

प्रकाशन मिति–२०७५ साल भदौ ११ गते सोमवार ।