काठमाडौं। गीतकार लाक्पा डेण्डी शेर्पाको ‘दुई नयन’ नामक एल्बम सार्वजनिक भएको छ। अमेरिकामा बस्दै आएका गीतकार शेर्पाको यो पहिलो गीति कोसेली एल्बम हो।

एल्बम ‘दुई नयन’ को बरिष्ठ गीतकार डा.कृष्णहरि बराल र संगीतकार शक्ति बल्लभले संयुक्तरुपमा बिमोचन गरेका थिए। गीतकार शेर्पाले आफ्ना दुई छोरीमा समर्पित गर्दै एल्बमको नाम ‘दुई नयन’ जुराएको भनेका छन्। आफ्ना छोरीहरु आँखाको नानीजस्तै भएकाले आफ्नो पहिलो सांगीतिक कोसेलीलाई ‘दुई नयन’ नामांकन गरेको गीतकार शेर्पाको भनाइ थियो।

विमोचित एल्बममा बुद्धले परिनिर्माण, स्वच्छ आकाश, उठौँ बीरका सन्तती, म त अस्मिता लुटिएकी, (केटा केटी भर्सनमा छ) र माथि है साल्पा लेकैमा बोलका गीत रहेका छन् । जसमा जगदिश समाल, यशोदा तिमिल्सिना, विष्णु अधिकारी, गणेश पराजुली, यम बराल, डोमा शेर्पा, एपी शेर्पा र मेलिना राईको स्वर रहेको छ भने संगीत ओम कर्माचार्य, सन्तोष श्रेष्ठ, गणेश पराजुलीलगायतको रहेको छ।

प्रकाशन मिति–२०७५ साल भदौ ११ गते सोमवार ।