काठमाडौं। नेपाली चलचित्रकी सदावहार अभिनेत्री करिश्मा मानन्धरले चलचित्र कैदीको पत्रलाई सफलताको लागि शुभकामना व्यक्त गरेकी छन्।

बेलायतमा चलचित्र कैदीको पत्रको ट्रेलर सार्वजनिक भएपछि निक्कै नै उत्साहित वनेकी अभिनेत्री मानन्धरले चलचित्र कैदीको पत्रलाई शुभकामना दिएकी हुन।

आफ्नो साहित्यकार स्वर्गवासी ससुरा ईश्वर मानन्धरको अमर कृति कैदीको पत्रमा आधारित चलचित्र कैदीको पत्रको ट्रेलर सार्वजनिक सासुआमा जानकी मानन्धरवाट भएको खवरवाट निक्कै उत्साहित अभिनेत्री मानन्धरले ससुरा ईश्वर मानन्धरले लेखेको अमर कृति कैदीको पत्र पढेको भएतापनि अव चलचित्र हेर्न अझ उत्साहित बनेको भनेकी छन्।

ससुराको याद चलचित्र कैदीको पत्रले अझ बढी दिलाएको समेत उल्लेख गर्दै अभिनेत्री मानन्धरले उहाँको याद हामी माझ साहित्य र कलाको रुपमा सदैव रहने उल्लेख गरेकी छन्

प्रकाशन मिति–२०७९ साल भाद्र ४ गते शनिवार ।