– प्रेमसागर कर्माचार्य
(केन्द्रिय अध्यक्ष–नेपाल स्वयंसेवी रक्तदाता समाज)

मनुष्य जन्मेदेखि मृत्य वरण नगरूञ्जेल उनमा समयसापेक्ष बिबिध खाले जिम्मेवारीहरूको सामना गर्नुपर्ने हुन्छ । क्षमता हरेक मानव भित्र हुन्छ । त्यसको अभिबृध्दि गरेर मानव कल्याण समाज उत्थानमा सहि प्रयोजनाको लागि सकारात्मक सोँचका साथ उत्प्रेरित गराउन तर्फ तल्लीन हुन आवश्यक छ ।

हरेक देशका सरकारले यो हेक्का राख्न जरुरी छ । देश तथा नागरिकहरूको आवश्यकता र तिनिहरूमा अन्तरनिहित क्षमतालाई सहि पहिचान गरि यथोचित राष्ट्र निर्माणमा प्रयोग गर्न सक्नु पर्दछ । ताकि आम नागरिकहरूले आफ्नो महत्व र अपनतो ग्रहण गर्न सकोस् ।

कोरोनाभाइरस (कोभिड–१९) ले विश्वव्यापी महामारीको अवस्था सृजना गरिदिएको छ। जसले गर्दा भविष्य अनिश्चित बनाईदिएको छ । आज कोरोना भाइरस (कोभिड–१९) ले हामीलाई दोश्रो चरणको “लकडाउन“ अन्तर्गत “होमक्वारेन्टाइन“ बस्न बाध्य तुल्याएको छ । नागरिकहरू सरकारको यो घोषणालाई सालिनताका साथ शिष्ट भई आत्मसात् गर्दै साथ दिई रहेका छन्। आखिर यो कतिन्जेल ? आम नागरिहरूका कौतुहल्ताको बिषय बन्न पुगेको छ। आजसम्म आईपुग्दा कोरोनाभाइरस (कोभिड–१९)संग बिश्व जगत नै अनभिज्ञ छ भन्दा फरक नपर्ने देखियो।

यसले विश्वव्यापी पार्दै लगेको नकारात्मक प्रभावले यही देखाएको छ। यसरी कोरोनाभाइरस (कोभिड–१९) ले मानव जाति मात्र नभई प्राणी जगत माथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ। यसले मनव जाती माथि आक्रामक रूपले तुल्याउँदै ल्याएको नकारात्मक असर गुणात्मक संख्यामा देखिएको बृध्दिले जगजाहेर बनाई दिएको छ। “दिन दुगुणा,रात चैगुणा“ भने झैं विश्वव्यापी कोरोना भाईरस,कोभिड–१९ ले मानव जाती माथि पुर्यांउदै आएको क्षति कुनैपनि समयमा कुनैपनि तवरले पूर्ति हुनेवाला छैन। यस्तो अदृश्य शत्रुसंग हामी विश्व मानव जगत संघर्ष गरिरहेका छौं।

नेपालमा यो कोरोनाभाइरस (कोभिड–१९) गत वर्षको चैत्र ४ गतेदेखि संक्रमितको संख्या देखिन थालेको हो । फ्रान्सबाट आएका १९ बर्षिया महिलाबाट शुरूभई हालको यो अवस्थासम्म सामना गर्न बाध्य अनि बिवस बनेकाछौं। हाल भारत लगायत अन्य बिदेशी राष्ट्रहरूबाट नेपाल भित्रियका ब्यक्तिहरू मध्येबाट मात्र संक्रमणको फैलावट भएको देखिएको छ । आज नेपालमा कोरोना कोरोनाभाइरस कोभिड–१९) को ईपिसेन्टरको रूपमा देशको राजधानी काठमाडौं हुन पुगेको छ।

हाल आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएयता दक्षिण छिमेकी राष्ट्र भारतबाट नेपाल भित्रिएका प्रायः ब्यक्तिहरूबाट यो कोरोनाभाइरस (कोभिड–१९) बाट समुदायमा संक्रमण बढेको देखिएको छ। हामी नेपालीहरू पूर्णतः सुरक्षित थियौं,जतिखेर कोरोनाभाइरस (कोभिड–१९) ले विश्वव्यापी महामारीको रूप लिंदै गर्दा समेत । यो अवस्थालाई राज्यले संक्रमित हुन बाट जोगाउन सकेन । परिणामस्वरूप अहिले हामी भोग्न बाध्य हुनु परिरहेको छ । नेपालहरू दिनप्रतिदिन ससंकितको वातावरणमा जिउँन बिवस छन् । एउटै घरपरिवारमा ३-४ जनासम्म मृत्यु भएको समाचार पढ्न सुन्न बिवस र बाध्य बनाइदिएको छ।

देश र जनतालाई सुरक्षित अनि स्वस्थ राख्नमा बिशेषतः ध्यानलाई केन्द्रीकृत बनाउनु पर्ने यो अवस्थामा पनि सरकार कुर्सी बचाउंनमा केन्द्रीत हुनपुग्दा आम नागरिकहरू आश्चर्यचकित हुन पुगेको छ । नेपालीहरूको एकमात्र राष्ट्रिय अभिभावक तथा जिम्मेवार निकाय भनेको नै नेपाल सरकार हो ।

कोरोनाभाइरस (कोभिड–१९) मात्र नभई हरेक क्षेत्रमै आज नागरिक माथि खतरा छ । नेपालीहरू बिगतदेखि वर्तमानसम्म आईपुग्दा दक्षिणी छिमेकी राष्ट्र भारतले समयसमयमा दिंदै आएको दुःख तथा हैरानी भुल्न सक्ने वातावरण बन्न सकेको छैन । यो खुला सिमानाको उपज हो भन्दा फरक नपर्ला ।

आज विश्वव्यापी फैलिएको कोरोनाभाइरस (कोभिड–१९) ले एउटा स्वर्णिमय अवसर हामीलाई जुराई दिएको जस्तो लागेको छ । त्यो के हो भने – कुनैपनि देशको सरकारको प्रमुख काम,कर्तव्य अनि अधिकार भनेको त्यस देशको र त्यस देशका जनाताहरूको सुरक्षा गर्नु नै प्रमुख दायित्व हुन आउंछ । नेपाल सरकारलाई कोरोनाभाइरस (कोभिड–१९) ले नैतिकवान,स्वाभिमानी प्रदर्शन गर्नुका साथै सहि तथा निर्णायक अनि अहम् भूमिका खेल्नको लागि ईतिहासमै बिरलै आउने-पाउने अवस्था-समय जुराएको छ ।

कोरोनाभाइरस (कोभिड–१९) बाट जोगिन-जोगाउन नेपाल सरकारले आफ्नो दक्षिणी सिमामा अस्थायी सुरक्षा फौजहरू तैनाथ गरिंदै लगिएको छ । यो साह्रै नै सह्रानिय र आत्मस्वाभिमानी गौरबको कदम हो । यसलाई स्थायित्व दिन बिलम्ब गर्नु हुन्न । यो कार्यलाई केवल फौजि तैनाथमा मात्र सिमित नराखि हाललाई “काँडेतार“ले भएपनि सिमा बन्द गरि लुकिछिपि नेपाल प्रबेश गर्नेहरूलाई रोक लगाउन सकिनेछ ।

यो कदमबाट नेपाल सरकारले आफ्ना जनताहरूलाई कोरोनाभाइरस (कोभिड–१९) बाट थप संक्रमित हुनबाट जोगाउन सकिने छ । यति मात्र होईन,नेपाल भारत सिमामा देखिएको विकृति विसंगतिहरूलाई पनि बिस्तारै सदाको लागि समाधान गरिंदै लान सकिने छ । आफ्नो देशको सीमा रक्षार्थ कोहिपनि आउँदैन । स्वयं हामी आफू नै जुट्नु पर्छ । हामी नै उठ्नु पर्छ । हाम्रो स्वाधीनता रक्षार्थ हामी जुट्नुको बिकल्प छैन ।

बिगतमा भए गरेका कमिकमजोरीहरूलाई आत्मसमिक्षा गरि भविष्यको लागि स्वर्णिमकाल निर्माण गर्न यो कोरोनाभाइरस (कोभिड–१९) ले स्वर्णिम अवसर जुराई दिएको छ । यसको सदुपयोग गर्न सरकार किमार्थ चुक्नु हुन्न हामी भन्छौ तर हरेक क्षेत्रमा चुकिनै रहेको पाउँछौं । कमसेकम हाललाई जंगे खम्बासंगै “काँडेतार“ले मात्रै भएपनि हाम्रो दक्षिणी सीमा भारतसंग छुट्याउन जरुरी भईसकेको छ ।

बिगतमा गरिएको सुगौली सन्धिलाई बेवास्ता गर्दै हालसम्म कुनै सार्थक वार्ता विना नै लिपुले,कालापानी र लिम्पियाधुरामा भारतिय हस्तक्षेप तथा अतिक्रमण जसरी बढाएको छ त्यस्तो अवस्थाको सामना बारम्बार गर्नु पर्ने हुन सक्दछ । हाल हामी माँझ कोरोनाभाइरस (कोभिड–१९) को डढेलो सल्कनु मूल स्रोतनै भारत हो । त्यहाँबाट निर्वाध रूपमा संक्रमितहरूको आवतजावत नै प्रमुख कारण बन्न पुगेको छ। नेपाल सरकारले कोरोनाभाइरस (कोभिड–१९) को पहिलो चरणको महामारी भोगिसकेको तीतो यथार्थ हामी र हाम्रो मानस्पटलमा ताजै छ ।

त्यही समयदेखि सिमा क्षेत्रमा स्थलगत प्रशासनिक उपस्थिति जनाई सिमा सुरक्षा फौजको जिवन्तता जगाउन हालसम्म प्रदर्शन गर्न नसक्नु नै प्रमुख कारण हो भन्दा केही फरक पर्दैन होला । आम नेपालीहरूको शिर यसैमा खस्कि रहेको छ । यो सरकारको लाचारीपनाको पराकाष्ठा नै हुनपुगेको छ।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल जेठ ८ गते शनिवार ।