काठमाडौ। कुनैबेला नेपाल टेलिभिजनमा अत्यन्त लोकप्रिय बनेको ट्वाक्क–टुक्कको सिक्वेल सिरियल ‘ट्वाक्क टुक्क रिटन्स’ कान्तिपुर टेलिभिजनबाट प्रत्येक शुक्रबार साँझ ७.३० बजे प्रसारण हुदै आएको छ।

Twakka Tukka Returns

‘ट्वाक्क टुक्क रिटन्स’ हालसम्मको भागसम्म आउंदा अत्याधिक दर्शकहरुको रोजाइमा पर्न सफल भएको छ । दिनेश डिसीको होम प्रोडक्सन तथा निर्देशनमा तयार पारिएको चर्चित हास्य धाराबाहिक ट्वाक्क टुक्क रिटन्समा चर्चित समाबेसी कलाकारहरुको जमघट रहेको छ । अहिलेको पुस्ताका अधिकांश हास्य कलाकारले यही श्रृंखलाबाट अभिनयमा पदार्पण गरेको इतिहास छ ।

Twakka Tukka Returns.1

यो श्रृंखलाले कम समयमै दर्शकको मन जितेको छ । श्रृंखलामा निर्देशक दिनेश डिसीसहित हास्य कलाकार महादेव त्रिपाठी, अन्जु थापा, सुरेन्द्र केसी, शिब शंकर रिजाल, गोपाल ढकाल छन्दे, गिरि राज, सुशीला निरौला, यसुदा गिरी, जनक खड्का आदि कलाकारले अभिनय गरिरहेका छन् ।


प्रकाशन मिति–२०७३ साल माघ २४ गते सोमवार ।