काठमाडौं। नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ चलचित्र प्रदर्शन भएको छ। संघको सहयोगार्थ नेपाली कथानक चलचित्र प्रसादको च्यारिटी प्रदर्शन भएको हो।

नेपाल चलचित्र कलाकार संघकी कोषाध्यक्ष विमला केसीको अथक प्रयास तथा संयोजकत्वमा चलचित्र प्रसादको बुधवार काठमाडौको कमलपोखरी स्थित सिटी सेन्टरको बीग सिनेमा हलमा च्यारिटी प्रदर्शन भएको हो।

चलचित्र प्रसादको च्यारिटी प्रदर्शनवाट उठेको रकम संघको कोषमा नै राखिने र चलचित्रका कलाकारहरुको हक–हितका लागि नै खर्चिने जानकारी कार्यक्रम संयोजक केसीले भिजन संसार डटकमलाई दिएकी छन्। च्यारिटी प्रदर्शन कार्यक्रममा चलचित्र कलाकारहरुको व्यापक सहभागिता रहेको थियो।

प्रकाशन मिति–२०७५ साल माघ १० गते विहीवार ।