काठमाडौ। सबैखाले गीत गाइसकेका मल्टी ट्यालेन्टेट गायक नविन कार्की संगीत सिर्जनमा पनि त्यतिकै पोख्त रहेका छन्।

चलचित्र लगायतका दर्जनौं राम्रा गीत श्रोता माझ पस्किसकेका गायक तथा संंगीतकार नविन कार्कीको नयाँ गीत सार्वजनिक भएको छ। गायिका सरला राईसंगको युगल गायनमा सजिएको चश्मावाली बोलको गीत सार्वजनिक भएको हो।

लोक तथा पप फ्लेवरको यस गीतका गीतकार राजु वस्नेत हुन्। यस गीतको भिडियो व्हाईट पिगन मिडियाले युट्युव मार्फत सार्वजनिक गरेको हो। निर्देशन एकान्त मगरको रहेको छ। गीतको भिडियोमा अस्मित राई, वासुदेव कार्की लगायतकाको अभिनय रहेको छ।

https://www.youtube.com/watch?v=pIgqdgEe78A

प्रकाशन मिति–२०७५ साल भदौ १५ गते शुक्रबार ।