काठमाडौ। अमेरिकामा निर्माण भएको नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालको अमेरिकावाटै रेड कार्पेट प्रिमियर हुने भएको छ। यही सेप्टेम्बर महिनाको ९ तारिखका दिन अमेरिकाको न्यूयोर्क शहरमा रेड कार्पेट प्रिमियर हुने भएको हो।

न्यूयोर्कको गुल्सन टेरेस हलमा भव्य रुपमा चलचित्र अमेरिकन बाबु मेड इन नेपालको रेड कार्पेट प्रिमियर हुने भएको छ। जसको लागि अमेरिकामा अन्तिम तयारी पूरा भैसकेको चलचित्र अमेरिकन बाबु मेड इन नेपालका जुझारु निर्देशक ईश्वर आर थापाले भिजन संसार डटकमलाई जानकारी दिएका छन्।

राजेश गुरुङ, सम्झना उप्रेती, मञ्जु रानामगर तथा ईश्वर थापा निर्माता रहेको चलचित्र अमेरिकन बाबु मेड इन नेपालमा नन्दिता केसी,ईशान ढकाल, प्रवेश उप्रेती पौल, क्रिश थापा, जाङ्बु शेर्पा, राजेश गुरुङ, स्मृति पोखरेल, बाबु बोगटी, सम्झना उप्रेती लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ।

AMERICAN BABU MADE IN NEPAL
New York City Premiere, with red carpet
Sunday 9 September 2018
Venue:
Gulshan Terrace
59-15 37th Ave, Woodside, NY 11377, USA
Show Times
12:00PM to 2:00PM
3:00PM to 5:00PM

प्रकाशन मिति–२०७५ साल भदौ १६ गते शनिवार ।