काठमाडौ। नेपाली राजनीति र फिल्मलाइनमा कोहीपनि लामो समय दुश्मनी नहुने रहेछ। फिल्मलाइनमा जसरी कलाकारहरु एक अर्कोलाई मर्ने गरेर झगडा अनि गाली गर्छन्। केही समय पछि उनीहरु यति चाँडै मिलिदिन्छन् कि दुनियाँलाई चकित पारिदिन्छन्। यस्तै घटना नेपाली राजनीतिमा पनि बारम्बार देखिन थालेको छ।

Devi Gyawali with Prachanda & KP Sharma Oli.
Devi Gyawali with Prachanda & KP Sharma Oli.

यो क्रम उपक्रममा यतिखेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र देवी ज्ञवाली देखिएका छन्। प्रचण्डको चलखेलमा प्रचण्ड पुत्री रेणु दाहाललाई जबरजस्ती चितवनको भरतपुर महानगरपालिकाको मेयरमा जिताएपछि मेयरका प्रत्यासी एमालेका देवी ज्ञवाली निक्कै क्रुद्ध बनेका थिए। मेयरमा लगभग जितिसकेका देवी ज्ञवालीको जितलाई मध्यनजर गरेर सुनियोजित तवरवाट मतपत्र च्यात्न लगाइएको थियो।

पछि पुनःगरिएको मतदानवाट झिनो मतले हारेका देवी ज्ञवालीको मनमा प्रचण्ड तथा प्रचण्ड पुत्री रेणु दाहाल प्रति कुनैप्रकारको सदभाव हुन नसक्नु स्वभाविक हो। जितिसकेको मान्छेलाई हराउनुको प्रपञ्च हुनु र सुनियोजित तवरवाट हराएका देवी ज्ञवालीको मनमा लामो समय तुस हुनुपर्ने अनि देखिनु पर्नेमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोट दरबारमा देवी ज्ञवालीको अनुहारमा जबरजस्त देखिएन।

बालकोटमा प्रचण्ड चितवनवाट मंसीरको चुनावमा चितवनवाटै उठ्ने निश्चित भएपछि केपी शर्मा ओली मार्फत देवी ज्ञवालीको शरणमा पुगेका छन्। शरणमा आएका प्रचण्डलाई चितवनवाट जिताउने अव आफ्नो जिम्मेवारी भएको भनेर ढाड्स दिएपछि प्रचण्ड ढुक्क बन्न पुगेका छन्। पुराना जे–जस्ता घटना तथा परिघटना भएतापनि त्यसलाई विर्सेर बाम एकतालाई दरिलो रुप प्रदान गर्न प्रचण्डले देवीलाई भनेपछि आफ्ना नेता ओलीको इशारामा नाइँ भन्ने कुरै भएन।

पार्टी विभिन्न च्यानलबाट कुरा गरेर देवीलाई आफ्नो पक्षमा वोल्न लगाएका प्रचण्डले त्यसबाट पनि चित्त नबुझेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै राखेर देवी ज्ञवालीसँग कुरा गरेका हुन्। खुशी मुद्रामा वाहिर आएका देवीलाई प्रचण्ड पुत्रले फेला पारिहाले। प्रचण्ड पुत्र प्रकाश दाहालले सेल्फी खिच्दै फेसबुकमा राख्न समेत भ्याए।

Devi Gyawali with Prakash Dahal
Devi Gyawali with Prakash Dahal

वाम गठबन्धनबाट प्रचण्ड चितवन क्षेत्र नम्बर ३ मा चुनाव लड्न लागेपछि एमालेको समर्थनमा आशंका उत्पन्न भइरहेको बेला प्रचण्डले आफ्ना लागि यो गृहकार्य गरेका हुन्।

केही दिन अगाडिसम्म प्रचण्डले मतदातालाई सुनको सिक्री समेत दिएर आफूलाई हराएको भन्दै माओवादी विरुद्ध चर्को प्रतिक्रिया दिदैआएका देवीको यो पछिल्ला गतिविधिलाई देवीको निरिहतासँग जोडेर चितवनका मतदाताले अर्थ्याउन थालेका छन्। यस घटनाले राजनीतिमा कोही स्थायी शत्रु नहुने कुरा अझ प्रमाणित हुन पुगेको छ।

प्रकाशन मिति–२०७४ साल कात्तिक ८ गते बुधवार ।