काठमाडौं । नेपालमा प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावी माहोल चौतर्फी तात्तिएको छ। तात्तिएको माहोललाई अझ तताउन नेकपा एमालले चुनावी गीत नै बनाएको छ।

चुनावको माहोललाई अझ तताउन ‘देश बनाउने जिम्मा दिउ केपी शर्मा ओलीलाई’ भन्दै जनता जगाउने चुनावी गीत सार्वजनिक गरिएको छ। चुनावमा कसको पल्ला भारी होला भन्ने आंकलन भैरहेका बेला देश बनाउने जिम्मा दिउ केपी शर्मा ओलीलाई भन्दै गीत नै सार्वजनिक भएको हो ।

आजलाई होइन सोचौ भोलिलाई देश बनाउने जिम्मा अब केपी ओलीलाई, देशले बल्ल राष्ट्रवादी नेता पायो धेरै पछि बल्ल शिर ठाडो भो नेपालमा बामपन्थी एकता हुने भो–दुरदर्शी नेता रोजौ त्यागौ जालीलाई जस्ता शब्दहरुलाई प्राज्ञ अशोक लोहरुङ्ग राईको संगीत, जन–सांस्कृतिक महासङ्घ नेपालको लागि अन्तरा समूहको स्वर एवं प्रस्तुतिमा सो गीत सार्वजनिक गरिएको हो ।


प्रकाशन मिति–२०७४ साल कात्तिक १० गते शुक्रबार ।