Gajaluकाठमाडौ। अघिल्लो हप्तावाट अलनेपाल रिलिज भएको चलचित्र गाजलुकी अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठले चितवनका पत्रकारहरुलाई मज्जाले थर्काएका छन्।

Gajalu

सोमवार चितवनको नारायणगढ स्थित इन्द्रदेव चलचित्र हलमा कलाकार तथा दर्शकसंगै बसेर चलचित्र हेर्ने क्रममा चितवन चलचित्र गाजलु टीमसंग चितवन पुगेकी अभिनेत्री सृष्टिलाई त्यहाँ पत्रकारले मिस नेपाल भैसकेपछि त्यसलाई टिकाइराख्न चलचित्रतिर आउनुभएको हो कि भन्ने प्रश्न गरेपछि मज्जाले थर्काएको त्यहाँस्थित समाचार स्रोतको भनाई रहेको छ।

Gajalu

आफूवारेमा के रिसर्च नगरिकन यसप्रकारको पत्रकारले सोध्ने प्रश्न नै गलत भन्दै त्यहाँ उपस्थित पत्रकारहरुलाई कालो निलो बनाइदिएको समाचार स्रोतले भनेको छ। पत्रकारले आफूलाई नकारात्मक तवरले प्रश्न गरेपछि आफूले त्यसप्रकारले प्रस्तुत हुन परेको बताउंदै आफूले कहिलेपनि टाइमपासको लागि चलचित्र नखेलेको बताउंदै दुई बर्ष बेलायतमा बसेर अध्ययन गरेको तथा काठमाडौमा मण्डला थियटरमा अभिनय सिकेको बताइन्। उनले भविष्यमा पनि फिल्मलाइनमा नै स्थापित हुने आफ्नो प्रमुख लक्ष्य रहेको समेत बताएकी छन्।प्रकाशन मिति–२०७३ साल असार ६ गते सोमवार ।