काठमाडौं। छिमेकी मुलुक चीनमा सन्तान जन्माउने दम्पतीलाई ३१ हजार ४ सय (३७ लाख नेपाल रुपैयाँ बढी) अमेरिकी डलर बेबी लोन उपलब्ध गराउने भएको छ। चीनको उत्तरपुर्वी प्रान्त जिलिन सरकारले बिहे गर्ने र बच्चा जन्माउने दम्पतीलाई प्रोत्साहन स्वरुप सो रकम बेबी लोन उपलब्ध गराउने भएको हो।

चीनमा जनसंख्या बृद्धि भएपछि सरकारले जनसंख्या घटाउन विभिन्न रणनीति बनाएको थियो। अन्तरराष्ट्रिय समाचार माध्यमका अनुसार, जनसंख्या घटाउने रणनीतिपश्चात चीनको जनसंख्या ह्वात्तै घटेपछि जिलिन प्रान्त सरकारले सो रणनीति अघि सार्ने बताइएको छ।

सो रणनीतिअनुसार सन्तान जन्माउने दम्पतीलाई ३१ ह्जार चार सय बेबी लोन दिने र सन्तानको संख्याअनुसार ब्याजदरमा समेत हेरफेर गरिने बताइएको छ।
प्रकाशन मिति–२०७८ साल पुस ९ गते शुक्रवार ।