काठमाडौं। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन एकैपटक आगामी २०७९ साल वैशाख १४ गते गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासिहत मन्त्रीहरुसँगको छलफलमा आयोगका पदाधिकारीहरुले स्थानीय तहको निर्वाचन एकैपटक १४ वैशाखमा गर्न प्रस्ताव गरेका हुन्।

“स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख महिनामा गर्नुपर्ने अवस्था रहेकाले सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई सबै स्थानीय तहको निर्वाचन एकै दिन गर्न उपयुक्त हुने र यदि कुनै कारण एकैदिन निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरणको मिति २०७९ वैशाख १४ गते बुधबारको दिन र दोस्रो चरण मिति वैशाख २२ गते बिहीबार दिन गर्न सकिनेछ” आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

त्यस्तै बैछलफलमा स्थानीय तहको निर्वाचन भोटिङ मेशिनको माध्यमबाट गर्न आग्रह गरिएको छ। “निर्वाचनमा भोटिङ मेशिनको प्रयोग गर्ने आयोगको प्रस्ताव सम्बन्धमा प्रधानमन्त्रीले राजनीतिक दलहरुसँगको छलफलबाट कायम गरी सबै क्षेत्रहरुमा प्रयोग गर्न नसकिए पनि केही निश्चित क्षेत्रहरुमा भोटिङ मेशिन प्रयोग गर्दै जानुपर्छ” विज्ञप्तिमा भनिएको छ।

प्रकाशन मिति–२०७८ साल पुस ९ गते शुक्रवार ।