काठमाडौ। लोकप्रिय मासिक पत्रिका कामनाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा  सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको कामना फिल्म अवार्ड्स २०७५ मा सहभागी हुनका लागि आवेदन खुल्ला गरेको छ।

चौथो संस्करणको कामना फिल्म अवार्डस् २०७५ का लागि आवेदन खुला गरेको कामनाले जनाएको छ।

कामना फिल्म अवार्डस् २०७५ मा २०७४ साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक सिनेमा हलमा प्रदर्शनमा आएका नेपाली चलचित्रले सहभागिता जनाउन सक्नेछन्। आवेदन निःशुल्करुपमा भर्न पाइने ब्यबस्था गरिएको छ।

प्रकाशन मिति–२०७५ साल बैशाख २४ गते सोमवार ।