Deepak Priyanka in Chhakka Panja 1काठमाडौ। यतिखेर नेपालमा असारको चटारो रहेको छ। त्यसमाथि यो बर्ष टाइममा नै बर्षा भएकोले मानो रोपेर मुरी फलाउने महिना असारको सदूपयोग गर्न नेपालीहरु कम्मर कसिरहेको बेलामा ग्लेमर्स हिरोइन प्रियंका कार्कीका साथमा हाँस्यअभिनेता दीपकराज गिरी आइतवार पाटनको भैसीपाटीमा रोपाई गर्न व्यस्त बनेको पाइयो।

दीपक र प्रियंकाको रोपाई बाटोवाटै देख्नेहरु पनि तीनछक्क मान्दै हेरेका थिए। तितो सत्यका दीपक यति राम्री हिरोइनसंग कति रमाएर रोपाई गरेको भन्दै उनीहरु कानेखुशी गरेको पनि पाइयो। कतै दीपकेले भैसीपाटीमा खेतै किनेर असारे रोपाई पो गर्न थालेको हो कि भनेर भन्दैगरेकाहरुलाई दीपककी दीपाश्री निरौलाले यो त चलचित्र छक्का–पञ्जाको असारे रोपाईको शुटिङ्ग पो हो भनेर भनेपछि आम्मै शुटिङ्ग पनि यति धेरै रमाइलो हुंदो रहेछ भनेर रमाएर हेर्नेहरुकै अगाडि रोपाईको उत्तेजनामा प्रियंका आकाशमा नै उडुँला जस्तो गरेर उफ्रेकी थिइन्।

Deepak Priyanka in Chhakka Panja 2

त्यसरी उफ्रेको देखेर रोपाईको लागि खन्दैगरेका दीपक समेत तर्सेका थिए। देख न चम्पा सुन न चम्पा बोलको गीतमा रोपाईको दृश्य खिच्ने कार्य भएको थियो। गीतको कोरियोग्राफी नृत्य निर्देशक कविराज गहतराजवाट भएको थियो। चलचित्र छक्का–पञ्जाको छायाँकन करिब करिब अन्तिम चरणमा पुगेको जानकारी यस चलचित्रका निर्देशक दीपाश्री निरौलाले दिएकी छन्।
प्रकाशन मिति–२०७३ साल असार १३ गते सोमवार ।