Chhinna lata geet pursakarकाठमाडौ। कवि तथा गीतकार रमोलादेवी शाह छिन्नलताको नामवाट स्थापित नेपालको नामी छिन्नलता गीत पुरस्कार शुक्रबार वितरण गरियो। वि.सं.२०७१ सालको छिन्नलता गीत पुरस्कारवाट गीतकार श्रवण मुकारुङ्ग, गायक किरण प्रधान र संगीतकार आलोकश्री पुरस्कृत बनेका छन्।

पुरस्कारको राशी जनही नगद ५० हजार रहेको छ। त्यसैगरेर सोही बर्ष अर्थात वि.सं.२०७१ सालकै नवप्रतिभा पुरस्कार गायक पशुपति शर्मा र सीता केसीलाई दिइएको छ। पुरस्कारको राशी ३५ हजारको रहेको छ।वि.सं. २०७२ को छिन्नलता गीत पुरस्कार रचनामा प्रमोद ढुंंगाना, संगीतमा नारायण ओली, गायनमा सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई संयुक्तरुपमा प्रदान गरिएको छ ।

वि.सं. २०७२ को नवप्रतिभा पुरस्कार कालीप्रसाद बास्कोटा र सोमिया बराइलीलाई संयुक्तरुपमा प्रदान गरिएको छ। वि.सं. २०३९ सालमा स्थापित छिन्नलता गीत पुरस्कारबाट हालसम्म एक सय ५८ जना गीत–संगीतका साधकहरु पुरस्कृत भइसकेका छन्।
प्रकाशन मिति–२०७३ साल असार ३१ गते शुक्रबार ।