काठमाडौं। हेराई ज्यानमारा नामक एल्बम निकालेर व्यापक चर्चामा आएकी अभिनेत्री पूजा गुरुङको लागि प्रत्येक बर्षको बैशाख १२ गते विशेष हुने गरेको छ। यो बर्षको बैशाख १२ गते पनि आज विशेष भयो। आजकै दिन छोरा प्रिन्स गुरुङको जन्म दिन भएको कारण अभिनेत्री गुरुङको लागि विशेष बनेको हो।

छोरो प्रिन्स यतिखेर सात समुद्रपारि अमेरिकाको लुजिनिया राज्यमा भएतापनि नेपालमा उनको जन्म दिनको अवसरमा पूजापाठ तथा कोरोना पीडितहरुलाई खाना खुवाउने लगायतका सामाजिक कार्य भएको मिसेस गुरुङको फस्ट रनरअप समेत भएकी अभिनेत्री गुरुङले भिजन संसार डटकमलाई बताएकी छन्।

आजकै दिन विसं.२०७२ साल बैशाख १२ गते भने छोराको जन्मदिन राम्रोसंग मनाउन नपाएको र जन्मदिन मनाउन ५ किलो मासु पकाएर ठीकठाक गर्दै बसेको बेला एकाएक महाभूकम्प आउंदा सवै छाडेर घरवाट वाहिर निक्लनु परेको त्यो पीडालाई अभिनेत्री गुरुङले विर्सेकी छैनन्।

महाभूकम्प गएको पाँच दिन पछि घर फर्केर त्यो पकाएको मासु हेर्दा गन्हाएर विजोग भएको अवस्था अनि नेपालभर विचल्ली भएको त्यो दिन जिन्दगीकै अविस्मरणीय दिन भएको अभिनेत्री गुरुङको बुझाई रहेको छ। त्यसकारण पनि प्रत्येक बर्ष छोराको बैशाख १२ गते जन्मदिन मनाउने दिन मनमा ढुकढुक हुने गरेको तथ्यलाई पनि अभिनेत्री गुरुङले उजागर गरेकी छन्।


प्रकाशन मिति–२०७७ साल बैशााख १२ गते शुक्रवार ।