काठमाडौं। लकडाउनमा मैले टेक्ने जमिनमा शानले बास गर्न पाम बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक भएको छ।

बुनियाद गीतका महारथी गीतकार बसन्त वित्यासी थापाको शव्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो। गीतकार थापाकै बेस्ट टोन म्युजिकवाटै सार्वजनिक भएको यस राष्ट्रिय गीतमा गायक दीपक लिम्बू र गायिका रिमा गुरुङ होडाको गायन रहेको छ।

संगीत निरश मगरको रहेको छ भने, म्युजिक एरेञ्ज महाराज थापाले गरेका हुन। गीतको भिडियोमा राष्ट्रप्रेमका विविध झल्कोहरु छन्। गीत अत्यन्त समय सान्दर्भिक रहेको छ। गीतमा विविध कलाकारहरुको सामूहिक अभिनय रहेको छ।

प्रकाशन मिति–२०७७ साल बैशााख १२ गते शुक्रवार ।