काठमाडौ। सरकारको उच्च निकायमा रहेका मन्त्रीले जथाभावी बोल्दा राजिनामा दिएका छन्। दायाँ–बायाँ कुनै मर्यादाको ख्याल नै नगरिकन नेपाली चेलीबेटीको इज्जतको पनि ख्याल नगरिकन बोल्ने नेपालका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरवहादुर तामाङले राजिनामा दिनु परेको छ।

बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्राहरुले प्रमाणपत्र पाउनका लागि कतै न कतै आफूलाई बेचेकै हुन्छन भन्ने विवादित अभिव्यक्ति दिएपछि चौतर्फी आचोलना खेपेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिएका हुन्।

मन्त्री तामाङले राजीनामा दिएर सरकारलाई बदनाम हुनवाट बचाएका छन्। मन्त्री तामाङको चौतर्फी आलोचना भएपछि राजिनामा दिन प्रधानमन्त्री लगायत सवैले सल्लाह दिएपछि राजिनाम दिएका बुझिएको छ। जसवाट मन्त्रीको अभिव्यक्तिवाट आहतमा परेका बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले राहत महशुश गरेका छन्।

अर्का विवादित अभिव्यक्ति दिने  मुख्य दोषी दुर्गा प्रसाईंलाई सरकारले कुनै काराबाही गर्न नसकेकोमा उनीहरु आक्रोसित छन्। झापाको बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत नेपाली छात्राहरुले शैक्षिक योग्यताको प्रमाणपत्र लिनका लागि शिक्षकहरुसँग शारीरिक सम्बन्ध राख्ने गरेको अभिव्यक्ति दिएका हुन्।

प्रसाईंले पत्रकार सम्मेलनमा बोल्दै पाँचवर्षे मेडिकल कोर्स गर्न बंगलादेशमा ७ देखि ८ वर्ष लगाउनुमा छात्रा र शिक्षकको शारीरिक सम्बन्ध कारक भएको अभिव्यक्त कुनै पनि अवस्थामा क्षमायोग्य नभएको ढाका विश्वविद्यालयकी छात्रा मेघा खत्रीले नागरिक दैनिकलाई बताएकी छन्।

‘नेपाली छोरीचेलीहरुको अस्मितामाथि नै दाग लाग्ने गरी प्रसाईंले दिएको अभिव्यक्तिले यहाँ हाम्रा शिक्षकहरुसमेत दुःखित बन्नु भएको छ,’ डेन्टलकी छात्रा मेघाले भनेकी छन्– ‘सरकारले प्रसाईंलाई कडा काराबही गर्नुपर्ने हाम्रो माग हो ।’ उनले दुर्गा प्रसार्इंले कुन आधारमा बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुको चरित्र हत्या गर्ने अभिव्यक्ति दिएका हुन त्यसको प्रमाण पेश गर्नुपर्ने माग गरिन।

ढाका विश्वविद्यालयकी शीर्ष छात्रा जेनिया राईले नेपालका व्यवसायी र मन्त्री जस्ता जिम्मेवार व्यक्तिहरुका गैरजिम्मेवार अभिव्यक्तिले समाजिक मानमर्दन भएको र सम्पूर्ण नेपाली छात्राहरुलाई चोट पुगेको बताइन । उनले जिम्मेवार व्यक्तिको गैरजिम्मेवार र निन्दनीय कुराले निर्दोष छात्राहरुको मात्र नभई अभिभावक तथा परिवारकै समाजिक प्रतिष्ठामा आँच पुगेको सुनाइन।

नेपालमा मेडिकल शिक्षामा सीमित सिट र अध्ययनको वातावरण नबनेपछि आपूmहरु मेडिकल पढन बंगलादेश आउन बाध्य हुनु परेको बताउँदै छात्रा श्वेता शर्माले नारी अस्मिता माथि प्रहार गर्ने व्यवसायी दुर्गा प्रसाईंमाथि सरकारले कारबाही नगरे विद्यार्थीले नै कारबाही गर्ने बताइन ।

नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन, बंगादेशका अध्यक्ष नवीन यादव अहिले नेपालमै छन र उनी दुर्गा प्रसार्इंलाई कडा काराबहीको माग गरिरहेका छन । ‘कानुन मन्त्रीले राजीनामा दिए तर, दुर्गा प्रसार्इंलाई अझै कारबाही हुन सकेको छैन,’ अध्यक्ष यादवले भने, ‘गलत टिप्णी गर्ने दुर्गा प्रसार्इं र कानुन मन्त्री तामाङमाथि सरकारले तत्काल मुद्दा चलाउनु पर्छ,’ उनले माग गरे।  हाल बंगालदेशमा ४ हजार विद्यार्थी अध्ययनरत छन्। जसमा ५० प्रतिशत छात्रा छन्।

प्रकाशन मिति–२०७५ साल साउन ९ गते बुधवार ।