काठमाडौ। जापानमा नेपालका कमेडी किङ मदनकृष्ण श्रेष्ठको सम्मानमा ग्राण्ड म्युजिकल इभनिङ नामक बृहत कार्यक्रम हुने भएको छ।

यही नोभेम्बर ४ तारिखका दिन जापानको राजधानी टोक्यो स्थित नाकानो जेरो हलमा ग्राण्ड म्युजिकल इभनिङ हुन लागेको हो।

कमेडी किङ मदनकृष्ण श्रेष्ठको आत्मकथा महको म नामक व्यापक चर्चामा रहेको कितावको बारेमा कार्यक्रममा अन्तरक्रिया समेत हुने भएको छ। मदनकृष्ण श्रेष्ठले आफ्ना चर्चित गीत गाउने भएको छ।

ख्वताबजीका बहुचर्चित अभिनेता सुरेन्द्र तुलाधर, गायक तथा अभिनेता यमन श्रेष्ठ र संगीतकार नील शाक्यको पनि विशेष प्रस्तुति रहने भएको छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक १२ गते सोमवार ।