काठमाडौं। जापानमा ७ दशमलब २ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पले सुनामीको खतरा बढेको जापानी अधिकारीहरूले बताएका छन् । मियागी प्रान्तको समुद्री तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएपछि एक मिटर अग्लो सुनामी आउनसक्ने जापानी मेटेरोलोजिकल एजेन्सीले जनाएको छ। 

जापानको स्थानीय समयअनुसार साँझ ६ बजेर ९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको थियो। हाल उक्त क्षेत्रको २ सय घरपरिवार विद्युतविहीन भएका छन् । मियागी प्रान्तो सेन्दाई शहरमा ठूलो भूकम्पको झट्का महसुस भएको त्यहाँका स्थानीयले जनाएका छन्।

राजधानी टोकियोमा समेत भूकम्पको झट्का महसुस भएको अधिकारिले बताएका छन्। सो क्षेत्रका रेल सेवाहरु समेत हाल बन्द गरिएको छ। हालसम्म भूकम्पको हताहती र क्षतिको बारेमा केही जानकारी आइनसकेको समाचार एजेन्सीले वताएको छ।
प्रकाशन मिति–२०७७ साल चैत्र ७ गते शनिवार ।