काठमाडौ। नेपाली चलचित्र उद्योगमा विगत ४५ बर्षदेखि निरन्तर कार्यरत अत्यन्त प्रतिभाली कलाकार तथा प्राविधिक उद्धवराज भट्टराई अर्थात जुँगे भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। सिनेमा सर्कल नेपालको आयोजनामा काठमाडौमा भएको एलजी फिल्म अवार्डमा नगद ५१ हजार सहितको लाइफ टाइम अचिभमेन्ट अवार्ड पाउंदा जुँगे भट्टराईले हर्षको आँसु चुहाए।

Junge Bhattarai 1चलचित्र विकास बोर्डले केही समय कलाकारबृति स्वरुप मासिक नगद ५ हजार दिएतापनि दुई बर्षयता बञ्चित बन्दैआएका जुँगे भट्टराईको लागि एलजी लाइफ टाइम अवार्ड लाइफकै ठूलो उपलव्धी बनेको छ। जसवाट बल्ल नेपाली चलचित्रमा उनले गरेको योगदानको कदर भएको महशुश गरेका छन्।

Junge Bhattarai 2नेपाली चलचित्र उद्योगमा विशेषत ड्रेसमेनको रुपमा कार्यप्रारम्भ गरेका जुँगे सुदुरपश्चिम नेपाल बैतडीको पहिलो देउडा गायक पनि हुन्। हातमा सीप तथा शरीरमा अत्यन्त जाँगर भरिएका जुँगेले नेपाली चलचित्रका लागि आवश्यक सेट देखि विभिन्न मूर्ति, श्रीपेज लगायतका सामानहरुको हातैवाट निर्माण गर्ने कार्य गर्दैआएका छन्। त्यसको अलावा विभिन्न चलचित्रमा अभिनय गर्ने कार्य पनि गर्दैआएका छन्।

प्रकाशन मिति–२०७३ साल भदौ २२ गते बुधवार ।