ललितपुर। नेपालको धर्तीपुत्र आदिवासी ज्यापु समुदायको छाता संगठन ज्यापु समाज यल स्थापनाको रजत जयन्ती कार्यक्रमको उदघाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीवाट ज्यापु समाज यलको रजत जयन्ती कार्यक्रमको उदघाटन भएको हो।

उदघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले रेल सञ्चालन, तुइन विस्थापन, मेलम्चीको पानी काठमाडौँ ल्याउनेजस्ता महत्वपूर्ण कार्य द्रुत गतिमा अघि बढिरहेको बताएका छन्।

पाटन ऐतिहासिक र कलाले धनी शहर रहेको बताउंदै प्रधानमन्त्री ओलीले नेपालमा प्राचीन सभ्यता, विज्ञानको विकास र शिक्षाको शुरुवात सबै कुरामा अघि जिकिर गरेका छन्।

३ नंबर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले ज्यापु समाज पुरानो इतिहास बोकेको गौरबशाली समुदाय भएको बताए। मलुकको समृद्धिमा ज्यापु समाजको विगतदेखि नै योगदान रहँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले लामो समयदेखि यो समुदाय श्रम र उत्पादनसँग जोडिएर आएको भनेका छन्।

ज्यापु समाज यलको रजत जयन्तीको अवसरमा विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई सम्मान गरिएको थियो। बरिष्ठ गायक प्रेमध्वज प्रधान तथा भृगुराम श्रेष्ठलाई पनि सम्मान प्रदान गरिएको थियो।


प्रकाशन मिति–२०७५ साल भदौ ३० गते शनिवार ।