Jyoti Magarकाठमाडौ। चर्चित लोकदोहरी गायिका ज्योति मगरको फेसबुक ह्याकरले ह्याक गरिदिएको छ। ह्याकरले गायिका मगरको फेसबुकवाट अश्लिल सामग्री पोष्ट गर्न थालेपछि त्यसको छानविनको माग राख्दै गायिका मगर प्रहरीमा उजुरी गर्न पुगेकी छन्।

महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पुगेर बुधवार छानविनको माग राखेर जाहेरी दिएकी छन्। ह्याकरले अश्लिल सामग्री पोष्ट गर्ने तथा जथाभावी म्यासेज पठाएर अनफ्रेन्ड तथा ब्लक गर्ने कार्य समेत गर्न थालेपछि आफू बाँध्य भएर प्रहरीमा कारवाहीको लागि गएकी गायिका मगरले भनेकी छन्।

कार्यक्रम देखि सामाजिक सञ्जालसम्म राम्रो फ्यान बनाएकी गायिका मगरको केही समयअगाडि नै फ्यान पेज बन्द भएपछि व्यक्तिगत फेसबुक चलाउंदै आएकी थिइन्। उक्त फेसबुक पनि ह्याकरले ह्याक गरिदिएपछि उनी तनाबमा परेकी छन्।
प्रकाशन मिति–२०७३ साल भदौ २ गते विहीवार ।