काठमाडौं। खुट्टावाट नेपाली साहित्य सिर्जना गर्दैआएकी प्रतिभावन नेपाली साहित्यकार झमक घिमिरेको जीवन कथामा आधारित नेपाली कथानक चलचित्र ‘जीवन काडा कि फूल’ तयार भएको छ।

मदन पुरस्कार विजेता समेत रहेको साहित्यकार घिमिरेको ‘जीवन काडा कि फूल’ नामक आत्मकथात्मक कृतिमा आधारित भएर निर्माण भएको यस चलचित्र अगामी चैत २२ देखि देशभर हुने भएको हो। यससन्दर्भमा यस चलचित्रको काठमाडौंमा आयोजित कार्यक्रममा चलचित्रका दुईवटा पोष्टर सार्वजनिक गरिएको छ।

यो चलचित्रको पोष्टर चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यतामा सार्वजनिक भएको थियो । कार्यक्रममा बरिष्ठ कलाकार मोहन निरौला, लय संगौला, उत्तम केसी, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्रका निर्माता तथा निर्देशक बिनोद बिष्ट, चलचित्रकी सहनिर्माता तथा गायिका जुनु गौतम, सङ्गीतकार राजु सिह, नायक धीरन शाक्य, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, नेपाल पत्रकार संघ काठमाडौंका अध्यक्ष शान्तिराम बिडारी, चलचित्रकी कलाकार सारिका घिमिरे, कलाकार किशन सुनवार, छायाँकार शिव ढकाल, नृत्य निर्देशक कमल राईलगायतले संयुक्त रुपमा पोष्टर सार्वजनिक गरेका थिए।

चर्चित साहित्यकार घिमिरेले अपाङ्ग भएकै कारण बाल्यकालमा भोग्नु परेको सामाजिक, पारिवारिक घृष्णा र तिस्कारको कहानीलाई पुस्तकमा उतारेकी थिइन् अब त्यो पर्दामा देखिने भएको छ भन्दै अतिथिहरुले चलचित्र सफलताको शुभकामना दिएका थिए।

साहित्यकार घिमिरेको जन्मस्थान धनकुटा, धरानको वीपी मेमोरियल अस्पताल र काठमाडौंमा छायाँकन गरिएको पनि कार्यक्रममा भनिएको छ। चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवा अवस्थामा रोजिता बुद्धचार्य र बहिनीको भूमिकामा सारिका घिमिरे रहेका छन् । अन्य कालकारमा स्वीकृति शर्मा, टीका सुवेदी, किशन सुनार, उमा बेबीलगायत रहेका छन् ।

 

प्रकाशन मिति–२०७५ साल मंसिर २८ गते शुक्रवार ।