काठमाडौं। एक पछि अर्की नायिका आमा बन्ने खवर सार्वजनिक भैरहेको वर्तमान अवस्थामा नायिका गरिमा पन्तले पनि आफू चाँडै आमा बन्न लागेको खुलासा गरेकी छन्।

नेपाल वाहिर प्रवासमा रहेकी शालिन नायिका गरिमा पन्तले सामाजिक सञ्चाल फेसबुक मार्फत आमा बन्न लागेको खवरलाई मज्जाले सार्वजनिक गरेकी हुन्।

फरकधारको चलचित्र झोलामा अभिनय गरेर दक्षिण एशियाकै चर्चित नायिकाको सम्मान पाउन सफल नायिका गरिमा पन्त चलचित्र झोला पछि विवाह वन्धनमा बाँधिएकी थिइन्।

नेपाल वाहिर प्रवास बेल्जियममा रहेका हरि थपलियासंग नायिका पन्तको प्रेम विवाह भएको थियो। विवाह पश्चात बेल्झियममा नै रमाइरहेकी नायिका पन्तले आफ्नो ‘बेबी बम्प’ सहितको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राख्दै आमा बन्न लागेको जानकारी दिएकी हुन्।

नायिका प्रियंका कार्की, ऋचा शर्मापछि गरिमाले पनि आफू आमा बन्न लागेको खुशी फ्यानमाझ साटेकी हुन्। एक पछि अर्को गरेर यो नयाँ बर्ष २०७८ सालमा तीन नायिका आमा बन्ने अव पक्का भएको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख ३ गते शुक्रवार ।