काठमाडौं। विश्व विख्यात विज्ञान कथाका लेखक एचजी वेल्सको चर्चित उपन्यास ‘टाइम मेसिन’माथि चलचित्र बन्ने भएको छ। ‘टाइटानिक’ चलचित्रवाट विश्वव्यापी ख्याति कमाएका हलिउड सुपरस्टार लियोनार्डो डिकाप्रियोले उक्त उपन्यासमाथि चलचित्र बनाउन लागेका हुन्।

लियोनार्डो यो चलचित्रवाट आफैँ निर्माताका रूपमा प्रस्तुत हुने पनि बताएका छन्। यस चलचित्रको निर्देशन चर्चित निर्देशक एन्डी मसेतीले गर्ने भएकाछन् ।

ब्रिटिस भिक्टोरियन युगमा लेखिएको उपन्यास ‘टाइम मेसिन’मा अनिश्चित भविष्यलाई लिएर कौतुहलताको विषय रहेको छ। लियोनार्डोले सन् २०१६ मा ‘द रेभेनेन्ट’बाट ओस्कार जितेका थिए। उनका अधिकांश चलचित्र सुपरहिट छन्।


(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल कात्तिक २५ गते आइतवार ।