–कृष्णप्रसाद शर्मा
लण्डन। नेपाली गीत–संगीतलाई विश्वव्यापी सामाजिक सञ्जाल टिकटकले पनि व्यापक भाइरल बनाइरहेको छ। यसक्रममा बेलायतमा रहेकी गायिका निरुशा भट्टराईको गायन रहेको गीत पनि टिकटकवाट भाइरल बनेको हो।

छलक–छलक छल्क्यो बोलको गीत टिकटकवाट भाइरल बनेपछि गायिका निरुशा भट्टराई मक्खै परेकी छन्। त्यसमाथि, निरुशाको गायन यात्राको यो पहिलो गीत पनि भएको कारण यसले अझ धेरै मान्य राखेको छ।

आठ मिनेट लामो छलक–छलक छल्क्यो बोलको गीतको भिडियोमा नेपाली चलचित्रका नामी नायक पल शाह र नायिका बर्षा राउतका साथमा शिशिर भण्डारीको समेत गजबको अभिनय रहेको छ।

गायिका भट्टराईलाई युगल गायनमा चर्चित गायक शिव परियारको पनि साथ दिएका छन्। अष्ट्रेलियामा बस्दै आएका संगीतकार दीपक सिलवालले शव्द तथा संगीत रहेको छ।
प्रकाशन मिति–२०७७ साल कात्तिक १८ गते मंगलवार ।