काठमाडौं। बलिउड तथा हलिउडमा समेत अत्यन्त चर्चाको शिखरमा रहेकी भारतीय अभिनेत्री प्रियंका चोपडाको विवाह तय भएको छ। अमेरिकी गायक निक जोनसको प्रेममा रहेकी प्रियंका चोपडाको विहेको मिति तय भएको हो।

प्रियंका र निकको विहे यो बर्षको डिसेम्बर २ मा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विहे जोधपुरमा ३ दिनसम्म चल्ने बताइएको छ। विहेको तयारीका लागि निक भारत आएका छन्। दुबैका परिवार विहेको तयारीमा जुटेका छन्।

हलिउड टेलिसिरियल क्वान्टिकोमा काम गर्ने क्रममा निकसँग नजिकिएकी प्रियंका पछिल्लो समय फिल्मी क्षेत्रबाट टाढा बनेकी हुन्। निकसँगको सम्बन्धकै कारण प्रियंकाले सलमान खानको फिल्म भारत छोडेकी थिइन।


(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल कात्तिक २ गते शुक्रबार ।