ललितपुर। नेपालका ख्यातिप्राप्त कलाकार अजय देसारको योङ पिकासो कम्युनिटी आर्ट स्कुलको आयोजनामा शुक्रबारवाट कला–प्रदर्शनी शुभारम्भ भएको छ।

ललितपुरको कुपण्डोल हाइटस्थित सातोअकी भवनमा आयोजित कला–प्रदर्शनी प्रतिभा समाजसंगको सहकार्यमा भएको हो। कलाकार अजय देसारव्दारा प्रशिक्षित विभिन्न विद्यालयका ४२ कला प्रशिक्षार्थीहरुको कला प्रदर्शनीमा राखिएको छ।

तीन दिनसमम चल्ने कला प्रदर्शनीको शुभारम्भ प्रमुख अतिथि बज्रराज शाक्यवाट भएको थियो। शाक्य सुरेन, पुष्प राजकर्णिकार, नविन थेचोमी, मीरा राजभण्डारी, विशाल गौतम लगायतका अतिथिहरुले कला र कलाकारिताको महत्व र आवश्यकताका बारेमा प्रकाश पारेका थिए।

कार्यक्रमको सभापतित्व आयोजक योङ पिकासोका कार्यकारी निर्देशक तथा ख्यातिप्राप्त कलाकार अजय देसारवाट भएको थियो। प्रदर्शनीमा विभिन्न आकर्षक तथा मनमोहक चित्रकला राखिएको छ।

कतिपय चित्रहरुको बुक पनि भैसकेको पाइएको छ। शुभारम्भकै साँझ तीनवटा चित्रकलाको बुक भएको जानकारी पनि कलाकार देसारले दिएका छन्।

आइतवार साँझसम्म चल्ने कला प्रदर्शनीवाट विभिन्न विद्यालयका विद्यार्थीहरुको कलाप्रतिको समर्पण र चाहनामा उत्साह बृद्धि हुने अपेक्षा गरिएको छ।
प्रकाशन मिति–२०७५ साल असार ८ गते शुक्रबार ।