धनगढी। सुदुरपश्चिम नेपालको धनगढीमा आयोजित तीनदिने पिम नेपाल चलचित्र महोत्सव २०१९ संपन्न भएको छ।

माघ ९ गते देखि ११ गते सम्म सुदुरपश्चिम प्रदेशको राजधानी धनगढी तीन दिने पिम नेपाल चलचित्र महोत्सव २०१९ शनिवार ११ गते धनगढी रंगशालामा भव्य रुपमा सम्पन्न भएको हो। जसमा नेपालभाषाको चलचित्र लिच्वो सर्वोत्कृष्ट फिल्म बनेको छ।

नेपाली चलचित्र उद्योगका अग्रज अभिनेता तथा निर्देशक पवन जोशीको लेखन तथा निर्देशनमा बनेको नेपालभाषाको चलचित्र सर्वोत्कृष्ट फिल्म बनेको हो। धुँदेय् प्रोडक्सनको निर्माणमा बनेको चलचित्र लिच्वोमा रामकृष्ण धिना, अनु महर्जन, सोनिका हेका, रुक्सना महर्जन, गोपीलाल तुयु, राम महर्जन, नानीमैया प्रजापति लगायतका कलाकारहरुको अभिनय रहेको छ। लक्ष्मीकुमार महर्जनको कथा रहेको छ।

काठमाडौंमा भएको नेपालभाषा फिल्म महोत्सवमा उक्त चलचित्रलाई बेवास्ता गरेतापनि सुदुरपश्चिम नेपालमा भएको पिम नेपाल चलचित्र महोत्सवमा सर्वोत्कृष्ट फिल्म बनेर अवार्ड जितेकोमा आफूले गरेको कामको सही मूल्यांकन भएको प्रतिक्रिया लेखक तथा निर्देशक पवन जोशीले भिजन संसार डटकमलाई दिएका छन्।

महोत्सवमा विभिन्न विधामा विभिन्न चलचित्र तथा चलचित्रकर्मीहरुलाई पुरस्कृत गरिएको थियो। वरिष्ठ संगीतकार शम्भूजित बासकोटा र हाँस्य सम्राज्ञी वसुन्धरा भुषाललाई क्रमशः दीर्घ साधना सम्मान र स्वर्ण साधना सम्मान प्रदान गरिएको थियो।

पिम नेपाल चलचित्र महोत्सवकी अध्यक्ष कमला जोशीको सभापतित्वमा सम्पन्न उक्त महोत्सवमा पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका खेलेको र स्थानिय कलाकारहरुलाई समेत प्रोत्साहन गरेको सुदुरपश्चिम प्रदेश सरकारले ठहर गरेको छ।

सन् २०२० को तेश्रो पिम नेपाल चलचित्र महोत्सव ५ नंबर प्रदेशको भैरहवामा चलचित्र व्यवसायी ओम जैशीको संयोजनमा हुने जानकारी पिम नेपालका अध्यक्ष माधव राज खरेलले भिजन संसार डटकमलाई बताएका छन्।

पिम नेपाल चलचित्र महोत्सव २०१९ मा अवार्ड प्राप्त गर्ने चलचित्रकर्मीहरुको नामावली-

१. सर्वोत्कृष्ट हाँस्य अभिनेता (लभ यू हमेशा ) – गोपाल ढकाल छन्दे
२. सर्वोत्कृष्ट नव नायक (लम्फु ) –संजीत भण्डारी
३.सर्वोेत्कृष्ट चरित्र अभिनेता (गाजा वाजा ) –उद्धव भट्टराई
४. उत्कृष्ट निर्देशन (उल्झन )– राजु अधिकारी
५. लघु चलचित्र निर्देशन ) नेचर गाई – यूगल पोमो
६.वृत्तचित्र लेखन (वर्गसत्ता) भिष्मराज फुलारा
७. सर्वोत्कृष्ट कथा (गोपी) – दीपेन्द्र लामा
८.ईन्करेजमेन्ट अवार्ड ( संशय )– गणेश रावल
९.वृत्तचित्र निर्देशन ( वर्ग सत्ता )– शेखर खनाल
१०. सर्वोत्कृष्ट वृत्तचित्र ( जिरी )– गौतम खाती
११. सर्वोत्कृष्ट अभिनेता (गोपी )– विपिन कार्की
१२. जुरी अवार्ड (ज्यूँदो देवता) –सागर ढुंगाना
१३. जुरी अवार्ड कथा ( उल्झन ) – आरती अधिकारी
१४. डायस्पोरा अवार्ड (उल्झन ) ध्रुब दत्त
१५. जुरी अवार्ड (बालकृष्ण सम) – उमिद बागचन्द
१६. सर्वोत्कृट फिल्म ( नेपाल भाषा) – लिच्वो
१७. सर्वोत्कृट फिल्म (थारु भाषा) – जान तोहर नाम – राजकुमार श्रेष्ठ
१८. सर्वोत्कृट फिल्म (डेउडा भाषा) – धन्यमाया जाल – विरेन्द्र सिंह (विरु)
१९. सर्वोत्कृट अभिनेता (डोटेली भाषा) – सौराई – विनोद वोहोरा (वोक्टानी किंग )
२०. सर्वोत्कृट अभिनेता (थारु भाषा) – मोर जंग – संगत चौधरी
प्रकाशन मिति–२०७६ साल माघ १३ गते सोमवार ।