काठमाडौ। तीन राजेशका एक कान्छीको यतिखेर चर्चा भएको छ। त्यो कान्छी गाउंकी सोझी तथा श्रीमानप्रति अत्यन्त बफादार नारी हुन्। त्यसैले ती कान्छीको झलझली यादमा गीतकार तथा संगीतकार राजेश गुरुङ रहरले कान्छी तिम्रै संझनामा लैलै बोलको गीतको रचना गरेर संगीत भरेका छन्।

सोही गीतलाई चर्चित गायक राजेश पायल राईले गाइदिएका छन्। अनि नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालका माहिर अभिनेता राजेश गुरुङले गीतको बोल अनुसारको स्वभाविक अभिनय गरेर तहल्का मच्चाइदिएका छन्। यी तीन राजेशका कारण यो गीत कान्छी तिम्रै संझनामा लैलैको बेग्लै महत्व र आकर्षण बढ्ेको हो। अनि चर्चा चलेको हो।

यो गीतको भिडियोको छायाँकन संपन्न भएर यतिखेर सम्पादनको टेवुलमा पुगिसकेको छ। भिडियो सम्पादक रामप्रसाद चौधरी धमाधम भिडियो सम्पादन गर्ने कार्यमा व्यस्त रहेका छन्। काठमाडौको पुतलीसडकस्थित बिजी बी एडिटिङ स्टुडियोमा एडिटिङ भैरहेको यो गीतको भिडियो तीजको लगतै तथा दशैको अगाडिको समय पारेर विश्वव्यापी रिलिज गर्ने तयारीका साथ कार्य भैरहेको गीतकार तथा संगीतकार राजेश गुरुङ रहरले भिजन संसार डटकमलाई बताएका छन्।

यस गीतको भिडियोमा स्वभाविक अभिनयका माहिर अभिनेता राजेश गुरुङको कान्छी बनेर अभिनय गर्ने कार्य अभिनेत्री रोहिणी लामावाट भएको छ। निर्देशन विजय विस्फोटले गरेका हुन्।


प्रकाशन मिति–२०७५ साल साउन ५ गते शनिवार ।